close

लकडाउनमा टेलिकमले दियो ५३ करोडको बोनस ब्यालेन्स, डेटा चलाउनेलाई २२ करोड ‘डिस्काउन्ट’ !

टेकपाना टेकपाना

साउन ३०, २०७७ ८:३१

लकडाउनमा टेलिकमले दियो ५३ करोडको बोनस ब्यालेन्स, डेटा चलाउनेलाई २२ करोड ‘डिस्काउन्ट’ !

काठमाडौं । लकडाउनको समय आफ्ना प्रयोगकर्तालाई थप सुविधा उपलब्ध गराउने उद्देश्यसहित दूरसञ्चार सेवा प्रदायकहरुले विभिन्न किसिमका छुट उपलब्ध गराएका थिए ।

यस्तोमा टेलिकमले पनि आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस ब्यालेन्स, डेटा चलाउँदा ३० प्रतिशत छुट र जिरो ब्यालेन्स कल सुविधा उपलब्ध गराएको थियो । यसरी छुट सहितको सुविधा उपलब्ध गराउँदा टेलिकमले ठूलो रकम योगदान गरेको देखिएको छ ।

टेलिकमका अनुसार गत आवमा शत प्रतिशत बोनस ब्यालेन्सबापत ५३ करोड ४० लाख रुपैयाँ बराबरको सुविधा आफ्ना ग्राहकलाई उपलब्ध गराएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार टेलिकमले चैत तेस्रो हप्ता यस्तो सुविधा उपलब्ध गराएको थियो ।

त्यस्तै टेलिकमले लकडाउनको समय डेटा प्रयोगकर्ताको सहजताका लागि ३० प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । यस्तो छुट करिब २२ करोड ८३ लाख रुपैयाँ बराबरको भएको टेलिकमले जनाएको छ ।

त्यस्तै जिरो ब्यालेन्सको अवस्थामा पनि कल गर्न सक्ने सुविधा पनि टेलिकमले यहीबीचमा उपलब्ध गराएको थियो । जुन् ५ करोड ३० लाख रुपैयाँ बराबरको भएको टेलिकमले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०