close

फेसबुक क्लासिक सेप्टेम्बरदेखि बन्द हुँदै

टेकपाना टेकपाना

साउन ३०, २०७७ १२:४५

फेसबुक क्लासिक सेप्टेम्बरदेखि बन्द हुँदै

काठमाडौं । फेसबुकले आगामी सेप्टेम्बरबाट अहिलेको पुरानो डिजाइन अर्थात क्लाकिस डिजाइनको फेसबुक बन्द गर्ने भएको छ । डेक्सटप भर्सनको फेसबुकका लागि लामो समयदेखि डार्क मोडसहितको नयाँ भर्सन परीक्षण गरिरहेको फेसबुकले अब भने त्यसैलाई नै पूर्ण रुपमा प्रयोगमा ल्याउने भएको हो ।

यसबारे फेसबुकले शुक्रबारदेखि आफ्ना प्रयोगकर्तालाई जानकारी दिन सुरु गरेको छ । हालसम्म फेसबुकले प्रयोगकर्तालाई क्लासिक र नयाँ दुवै भर्सनको फेसबुक प्रयोग गर्ने सुविधा दिइरहेको छ । आवश्यकताअनुसार नयाँ र पुरानो डिजाइनमा सिफ्ट भएर प्रयोग गर्न सकिने यो सुविधा अब सेप्टेम्बरबाट भने पूर्ण रुपमा बन्द गर्ने फेसबुकले जनाएको छ ।

‘आगामी सेप्टेम्बरबाट क्लाकिस फेसबुकको अनुभव लिन पाइने छैन,’ फेसबुकले जारी गरेको सूचनामा लेखिएको छ, ‘नयाँ फेसबुक नै डिफल्ट फेसबुकको रुपमा लागु हुनु अघि हामी तपाईंको नयाँ फेसबुकमा तपाईंको अनुभव र त्यसमा थप गर्नुपर्ने विषय जान्न चाहन्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०