close

नेपाल रेमिटबाट अब सोझै बैंक खातमा रेमिट्यान्स पठाउन सकिने, एनसीएचएलसँग भयो सम्झौता

टेकपाना टेकपाना

साउन ३०, २०७७ १५:२९

नेपाल रेमिटबाट अब सोझै बैंक खातमा रेमिट्यान्स पठाउन सकिने, एनसीएचएलसँग भयो सम्झौता

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालिले नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) को प्रयोग गरी सोझै लाभग्राहीको बैंक खातामा रेमिट्यान्स कारोबार गराउने भएको छ । कम्पनी नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग आवद्ध भएसँगै रेमिट्यान्स कारोबारमा सहजता आउने भएको हो ।

यससँगै नेपाल रेमिटमा सानो मूल्यको भुक्तानी कारोबार कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै गर्न सकिने भएको छ । अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत तोकिएको समय सीमामा मध्यम र ठूलो मुल्यका भुक्तानी कारोबार गर्न सकिनेछ ।

यस आवद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिट्यान्स भुक्तानी सम्बन्धी सेवा प्रवाहमा उल्लेख्य सुधार आउने विश्वास कम्पनीले लिएको छ । विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आईपीएस र एनसीएचएल–आईपीएसको सञ्जालमा क्रमशः ५६ र ६४ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आवद्ध रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०