close

साओमीको सस्तो रेड्मी इयरबड एस नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन ३०, २०७७ १६:३०

साओमीको सस्तो रेड्मी इयरबड एस नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी इयरबड एस सार्वजनिक गरेको छ । वायरलेस इयरफोनको रुपमा एयरबड पछिल्लो समय विश्व बजारमा रुचाईको उत्पादन हो ।

विभिन्न ब्राण्डले पछिल्लो समय आफ्नो उत्पादनको रुपमा यसलाई सार्वजनिक गरिरहेका छन् ।यसैक्रममा आफ्नो अडियो उत्पादन श्रेणी अन्तर्गत साओमी कम्पनीले नेपाली बजारमा यसलाई सार्वजनिक गरेको हो ।

कम्प्याक्ट डिजाइनमा सार्वजनिक भएको रेड्मी इयरबड एस कानमा आरमदायक ढंगबाट फिट हुने गरी बनाइएको छ । जसले गर्दा लामो समयसम्म प्रयोग गर्दा समेत कुनै किसिमको झन्झट नहुने कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइनमा रहेको यो इयरबड केस सहजै खल्तीमा राखेर हिड्न सकिने किसिमको छ । इयरबडमा प्रयोग भएको सिङ्गल बटनमा इन्टरफेसर्फत फोन उठाउन र काट्न, गीत प्ले तथा पज गर्न, भ्वाइस एसिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

डेडिकेटेड गेमिङ मोड (लो लेटेन्सी मोड) ले गेम खेल्दा अडियोलाई कम गर्दै नयाँ खालको अनुभव प्रदान गर्छ । कम्पनीका अनुसार चार्जिङ केसमार्फत एक पटक फुल चार्ज गर्दा इयरबड लगातार १२ घण्टासम्म निरन्तर प्रयोग गर्न सकिन्छ ।

‘रेड्मी इयरबड एस नेपालमा रहेका हाम्रा फ्यानहरुको श्रवण शैलीअनुसार ट्युन गरिएको छ,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भनेका छन्, ‘त्यसका लागि तीन विभिन्न आकारका सिलिकन टिप्स उपलब्ध गराइएको छ । जसमार्फत क्रिस्टल क्लिय साउण्ड प्राप्त हुनेछ । यसमा न्वाइज क्यान्सिलेसन सुविधा पनि रहेको छ।’

कम्पनीका अनुसार रेड्मी इयरबड एस ब्ल्याक कलरमा देशभरका सम्पूर्ण आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा छिट्टै उपलब्ध हुनेछ । यसको बजार मूल्य ३ हजार १ सय ९९ रुपैंया तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०