close

इन्टाग्राम र म्यासेञ्जरको च्याट मर्ज गर्दै फेसबुक

टेकपाना टेकपाना

साउन ३१, २०७७ ११:३८

इन्टाग्राम र म्यासेञ्जरको च्याट मर्ज गर्दै फेसबुक

काठमाडौं । फेसबुकले इन्स्टाग्राम र फेसबुकको च्याट सिस्टमलाई एकीकृत गर्न छुट्टै स्वीच उपलब्ध गराउने भएको छ । शुक्रबार केही प्रयोगकर्ताको इन्स्टाग्रामको मोबाइल एपमा ‘इन्स्टाग्राममा म्यासेज गर्ने तरिका’ लेखिएको एउटा पपअप म्यासेज देखा परेको थियो ।

जसमा ‘तपाईंको च्याटको लागि नयाँ रङ्गिन लूक, थप इमोजी रिएक्सन, स्वाइप टु रिप्लाइ र ‘फेसबुक प्रयोग गर्ने साथीहरुसँगको च्याट’ लगायतका फिचरहरु रहेका छन् । जब तपाईंले अपडेटमा हिट गर्नुहुन्छ तब तपाईंको इन्स्टाग्रामको माथी दायाँतर्फ रहेको डीएम आईकन फेसबुक म्यासेञ्जरको लोगोबाट प्रतिस्थापित हुन्छ ।

साच्चिकै यसले इन्स्टाग्रामको च्याटलाई यस अघिभिन्दा निकै कलरफुल बनाएको छ । जसमा पठाउने व्यक्तिको म्यासेज निलो र कलेजी रंगमा परिवर्तन हुँदै जान्छ । यद्यपी अहिलेलाई फेसबुक प्रयोगकर्तालाई इन्स्टाग्रामबाट म्यासेज गर्न भने सम्भव भइसकेको छैन ।

तर फेसबुकले भने आफ्ना प्रशिद्ध म्यासेजिङ प्लेटफर्मको रुपमा रहेका म्यासेञ्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने स्पष्ट योजना बनाइसकेको छ । यस अघि नै कम्पनीले विद्यमान पूर्वाधारलाई पुनः निर्माण गर्ने बताइसकेको छ ।

जसबाट कुनै एउटा मात्र एप प्रयोग गर्ने प्रयोगकर्ता पनि फेसबुकका अन्य एप प्रयोग गर्नेहरुसँग सम्पर्क गर्न सक्नेछन् । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले यो सिस्टमलाई ईण्ड टु ईण्ड इन्क्रिप्सनमा आधारित बनाउन चाहेको बताइसकेका छन् ।

आफ्ना लोकप्रिय एपहरु इन्टिग्रेटिङ (एकीकृत) गरी फेसबुक एप्पलको आईम्यासेजसँग प्रतिस्पर्धामा उत्रिनसक्नेछ । फेसबुकले सन् २०१२ मा इन्स्टाग्रामलाई एक अर्ब डलरमा अधिग्रहण गरेको थियो भने ह्वाट्सएपलाई सन् २०१४ मा १९ अर्ब डलरमा खरिद गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०