close

तपाईंका बालबच्चामा इन्टरनेटको लत बढ्दै छ ? छुटाउन यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन ३१, २०७७ १९:३६

तपाईंका बालबच्चामा इन्टरनेटको लत बढ्दै छ ? छुटाउन यसो गर्नुहोस्

काठमाडौं । कोभिड-१९ का कारण सबै विद्यालय र कलेज बन्द छन् । यसका कारण धेरै बालबालिका र किशोरकिशोरी अल्छी त बनेका छन् नै, मोबाइल, ट्याब्लेट, ल्यापटप र टीभीमा दिनमै घण्टौं समय बिताइरहेका छन् । तपाईंका बच्चाहरुको हरेक दिन यस्तै दैनिकी चलिरहेको छ भने यसले परिवारमा पक्कै दुःखदायी परिणाम ल्याउँदै छ ।

हुन त आधुनिक यूगमा बालबालिकामा प्रविधिमा पहुँच पुर्‍याउनुलाई अन्यथा मान्न सकिन्न । तर प्रविधिको चरम् दुरुपयोग हुन थाल्यो भने कलिला बाल मस्तिष्कमा नराम्रो असर पार्न थाल्दछ । यसर्थ बच्चाहरुलाई खुशी पार्न इन्टरनेटमा खुला नछोडिदिनुहोस् । याद गर्नुहोस् त तपाईंका बालबालिका कति समय इन्टरनेटमा बसिरहेका छन् ?

उनीहरूले कुन कुन साइट धेरै खोल्ने गरेका छन् ? फेसबुक लगायत सामाजिक सन्जालमा च्याटमा के कति समय खर्च गरिरहेका छन् ? कस्ता व्यक्तिहरू उनिहरूको सम्पर्कमा आइरहेका छन् ? यी कुराहरूमा तपाईं अब चनाखो हुनुपर्ने समय भइसकेको छ ।

अर्कोतिर तपाईंको बालबालिका इन्टरनेटमा अध्ययन सामाग्री खोज्दैछन भनेर ढुक्क भएर बस्नुभएको छ कि ? के थाहा उनीहरुको नजर अश्लील सामाग्रीमा पो पुगिरहेको छ कि ? यदि हामी यसमा बेलैमा सचेत भएनाैं भने बालबालिकाहरू विभिन्न झमेलामा फस्नुका साथै कुलतको समेत शिकार हुन सक्छन् ।

अर्कोतिर बालबालिका ग्याजेटमै भुल्दा अभिभावकलाई भने ढुक्क हुन्छ । तर त्यस्ता अनलाइन खेल बालबालिकामा एक प्रकारको कुलत जस्तै बनिरहेको छ । उनीहरु अरु बेला पनि गेमकै बारे सोचिरहन्छन् ।

परिवार र समाजमा अन्तर्क्रिया नगर्ने र खेल्न पाएनन् भने रिसाउने, झर्किने खालका अस्वाभाविक गतिविधि देखाउँछन् । खेल हेर्दा दुःखी हुने र ठूलो क्षति भएको भनेर निराश हुने भएकाले यसले पढाइ र अरु व्यक्तित्व विकासमा नकारात्मक असर पारेको पाइएको छ । यस्ताे अवस्थामा बालबालिकाहरुलाई इन्टरनेटको लतबाट जोगाउन अभिभावकले निम्न कार्य गर्न सक्दछन् ।

  • बालबालिकाहरु अनलाइनमा के-के गर्छन् र कुन-कुन साइट प्रयोग गर्छन् हेर्ने र अनुगमन गर्ने ।
  • इन्टरनेट प्रयोग गर्ने नियम बनाउने ।
  • अभिभावकहरु भएको समयमा मात्र प्रयोग गर्ने वा निश्चित मापदण्ड तयार गर्ने ।
  • आफ्नो गोपनीयता कायम राख्न सिकाउने ।
  • बालबालिकाहरुले इन्टरनेट चलाउने ठाउँ आफ्नो आँखाको वरिपरि बनाउने ।
  • सर्च इन्जनमा अश्लील साइट र बालबालिकालाई असर गर्ने कुनै पनि साइट नखुल्ने गरी चाइल्ड लक गर्ने ।
  • सोसल मिडियाको बेफाइदाहरुको बारेमा प्रशिक्षण दिने ।
  • नराम्रा तस्वीर पोष्ट गर्न र कमेन्ट गर्नबाट रोक लगाउने ।
  • संगै बसेर बिभिन्न म्यासेजहरु पढ्ने आदि गर्ने।
  • नजिक रहेर शुक्ष्म अवलोकन गर्ने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०