close

फेसबुकले सार्वजनिक रुपमै एप्पललाई किन दुश्मन भन्यो ?

टेकपाना टेकपाना

साउन ३१, २०७७ २२:५८

फेसबुकले सार्वजनिक रुपमै एप्पललाई किन दुश्मन भन्यो ?

काठमाडौं । प्रविधि क्षेत्रका बादशाह कम्पनीहरु हुन् फेसबुक र एप्पल । तर यी दुई कम्पनीहरुबीचको सम्बन्ध खासै राम्रो हुँदैन । बेलाबेला उनीहरुले एक अर्काको गल्ती औंल्याउँछन् र आरोप लगाउँछन् । एकअर्काकाे टिप्पणी गरिरहन्छन् ।

अहिले भने फेसबुकले एप्पललाई खुला रुपमै दुश्मनको संज्ञा दिएको छ । सोसल मिडियामा एकछत्र राज गरिरहेको फेसबुकले हालसालै अनलाइन इभेन्ट फिचर सार्वजनिक गरेको थियो । यो फिचरमा साना तथा मझौला व्यवसायीहरुले अनलाइन इभेन्ट क्रिएट गरी आफ्नो बजारीकरण गर्न वा सेवा विस्तार गर्न पाउँछन् ।

फेसबुक एपका भाइस प्रेसिडेन्ड फिड्जी सिमोले आफूहरुले एप्पललाई एप स्टोरको ट्याक्स घटाउन अनुरोध गरेपनि एप्पलले अस्वीकार गरेको कुरा एक ब्लगमा उल्लेख गरेका छन् ।

‘हामीले एप्पललाई यसको ३० प्रतिशत एप स्टोर ट्याक्स घटाउन वा हाम्रो फेसबुक पे को अफर, जसबाट कोभिड-१९ मा संघर्षरत साना व्यवसायीहरुको खर्चलाई जोगाउने लक्ष्य राखिएको छ, त्यसलाई अनुमति दिन आग्रह गरेका थियौं । तर दुर्भाग्यवश उनीहरुले हाम्रा दुवै प्रस्तावहरु खारेज गरे,’ उनले भने ।

उनले साना व्यवसायहीहरुले एप स्टाेरबाट आफ्नो कमाइको ७० प्रतिशत रकम मात्रै पाउने गुनासो गरेका छन् ।

फेसबुकले स्पस्ट पारेको छ कि उसका अनलाइन इभेन्टहरुबाट कम्पनीले कम्तीमा एक वर्षसम्म कुनै पैसा लिने छैन ।

फेसबुकको यो अनलाइन इभेन्टबाट एन्ड्राेइड निर्माता गूगलले कुनै पनि पैसा नलिने उद्घोष गरिसकेको छ । तर एप्पललाई गरिएको अनुरोध भने खारेज भएको छ ।

यहीकारण एप स्टोर शुल्क घटाउन इच्छा नदेखाएको एप्पललाई फेसबुकले स्पस्ट रुपमा भिलियनको दर्जा दिएको हाे ।

उनका अनुसार फेसबुक पे फिचर कार्यान्वयनमा आएका देशहरुमा सबै व्यवसायीहरुले आफ्नो कमाइको शतप्रतिशत नाफा लिन पाउनेछन् । यसकाे अर्थ फेसबुकले उनीहरुबाट कुनै शुल्क लिने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०