close

अब किओस्क मसिनबाटै प्रभु पेमा पैसा लोड गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

साउन ३२, २०७७ १२:३९

अब किओस्क मसिनबाटै प्रभु पेमा पैसा लोड गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । अब किओस्क मसिनबाट समेत प्रभु पेको मोबाइल वालेटमा रकम लोड गर्न सकिने भएको छ । वालेटमा रकम लोड गर्ने विकल्प विस्तार गर्दै लगेको प्रभु पेले पछिल्लो पटक किओस्कसँग सहकार्य गरेको हो ।

यदि तपाईं प्रभु पेको मोबाइल वालेट प्रयोग गरिरहनु भएको छ र तपाईंको आसपासमा किओस्क मेसिन छ भने आज हामी तपाईंलाई यसबाट कसरी रकम लोड गर्ने भन्ने बारेमा बताउँदै छौं ।

यसरी गर्नुहोस् प्रयोग

  • प्रभु पे मोबाइल वालेटमा रकम लोड गर्न किओस्क मसिनमा रहेको प्रभु पे आइकनमा क्लिक गर्नुहोस् ।
  • अब प्रभु पेको युजरनेम टाइप गर्नुहोस् र नेक्स्ट बटनमा क्लिक गर्नुहोस् ।
  • रिचार्ज गर्न चाहेको रकम उल्लेख गरेर क्यास एसेप्टरमा नगद रकम राख्नुहोस् ।
  • अब क्लिक बटनमा थिच्नुहोस् । यति गरेपछि तपाईंको प्रभु वालेटको खातामा रकम लोड हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०