close

अपराधीले प्रयोग गर्ने गोप्य सीम, जसले जुनसुकै नम्बरको नक्कल गर्न सक्छ

टेकपाना टेकपाना

साउन ३२, २०७७ १६:३२

अपराधीले प्रयोग गर्ने गोप्य सीम, जसले जुनसुकै नम्बरको नक्कल गर्न सक्छ

जोसेफ कक्स/
एकदिन मलाई फ्रान्सबाट एउटा अन्जान फोन कल आयो । मैले फोन उठाएँ । त्यो व्यक्तिले मलाई तपाईं बेलायतको नेश्नल क्राइम एजेन्सी (एनसीए) मा काम गर्नुहुन्छ भनेर प्रश्न गरे । मैले उसलाई आफू एनसीएको कर्मचारी नभएको बताएँ ।

म पत्रकार भएको हुँदा फाेन गरेकै कुरामा प्रहरीमा उजुरी गरिनँ । उनले मलाई सम्पर्क गर्नुको कारण बताए । उनले मलाई आफूसँग भएको विशेष किसिमका सीम कार्डहरुबाट सम्पर्क गरेको बताए । तीनै सीमकार्डमध्ये एकबाट अहिले आफूले सम्पर्क गरिरहेको उनले मलाई सुनाए ।

साथै उनका अनुसार उनी ती सीमकार्ड बेच्न एउटा भूमिगत साइट पनि आफूले सञ्चालन गरिरहेका थिए । ती सीमकार्डबाट आफूले चाहेको जुनसुकै नम्बरको (स्पुफ) नक्कल गर्न सक्ने उनले बताए ।

एउटा टार्गेटलाई स्क्याम गर्न तपाईले बैंकबाट कल गरेको जस्तो गरी पनि बनाउन सकिने उनले मलाई सुनाए । साथै फोन रिसिभ गर्ने व्यक्तिले तपाईंको वास्तविक नम्बरलाई रेकर्ड गर्न नसकोस् भनेर त्यसभित्रको अंकलाई जथाभावी सिरिजमा परिवर्तन गर्न पनि सकिन्छ र यसको लागि केही सेकेण्डको मात्र सेटअप गर्नुपर्ने उनले बताए । 

रसियन सीम, इन्क्रिप्टेड सीम, ह्वाइट सीम, आपराधिक भूमीमा यी सबै अलग-अलग नामले चिनिन्छन् । यी सबैमा गुणस्तर र फिचर फरक छन् । तर यी सबै सीमहरु प्रयोगकर्तालाई सुरक्षा तथा गोपनीयताको फाइदा दिन डिजाइन गरिएका हुन् । 

फोन नम्बरहरुलाई स्पुफ गर्नबाहेक यी सीमहरुले कलरलाई रियल टाइममा आवाज तोडमोड गर्न, बेरिङटोन वा स्रिल क्लोक थप गर्न सकिन्छ । यस्ता सीममा अनलिमिटेड डेटा पाउन सकिन्छ ।

आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुले पहिचानलाई गोप्य राखेर यस्ता सीम खरिद गर्छन् । यसका लागि कुनै पनि आधिकारिक कागजात उपलब्ध गराउनु पर्दैन र यसको भुक्तानी पनि बिटक्वाइनबाट सम्भव छ । 

यी सीमकार्डहरु सुरुवातबाटै गैरकानुनी भने हाेइन । तर, यस्ता सीमका प्रयाेगकर्ता अधिकांश आपराधिक प्रवृत्तिका  छन् ।

एनसीएले यसअघि अनुसन्धानको क्रममा शंकास्पदहरुबाट रसियन सीमहरु जफत गरेको बताएको थियो । यो व्यस्त उद्योगले अपराधका लागि कसरी विभिन्न किसिमका प्रविधिहरु प्रयोग र प्रयास भइरहेका छन् भन्ने कुरामाथि प्रकाश पारेको छ । 

अज्ञात स्रोतको डेटा सीमलाई संकेत गर्दै आपराधिक विश्वसँग निकट रहेका एक व्यक्तिले यस्ता किसिमका सीमहरु अपराधका लागि एकदमै लोकप्रिय रहेको बताउँछन् । 

अपराधिक विश्वसँग जोडिएका मानिसहरुले इन्क्रिप्टेड फोन, कस्टमाइज डिभाइस प्रयोग गर्छन् । कतिपय अवस्थामा उनीहरुको फोनबाट माइक्रोफोन, जीपीएस र क्यामेरा फंसनालिटी हटाइएका हुन्छन् । 

केही कम्पनीहरुले रसियन र इन्क्रिप्टेड सीम कार्ड पनि बिक्री गर्छन् । यस्ता कम्पनीहरुले ह्याण्डसेट मात्र उपलब्ध गराउँदैनन् । फोनलाई छिटो बनाउन डेटा र रोमिङ क्षेमतासहित अन्य अतिरिक्त फिचरहरु पनि उपलब्ध गराउँछन् । 

सामान्य कम्पनी र व्यक्तिहरुले  दुवै फोन र सीम विक्री गर्दैनन् । तर यो यस्ता कम्पनीले भने दुवै गर्छन् । 

यस किसिमको सीम प्राप्त गर्ने प्रक्रिया बुझ्न मोदरबोर्ड मिडियाले एउटा ह्वाइट सिम (जसमा कुनै ब्राण्ड वा लेबल हुन्न) खरिद गरेको थियो । यसका लागि उसले  आपराधिक विश्वसँग निकट एक स्रोतसँग सम्पर्क गरेको थियो । सप्लायरलाई बिटक्वाइनबाट सय डलर पठाइसकेपछि मोदरबोर्डलाई अर्को दिन सीमको प्याकेज आइपुग्यो । 

यस्ता सीमले कोलोम्बिया, बेलायत, मोरोक्को, मेक्सिको, युएई र अमेरिकामा काम गर्दछ । 

उक्त सिम प्राप्त गरेपछि त्यसलाई अनलक फोनमा राखेर प्रयोगकर्ताले त्यसको (एक्सेस प्वाइन्ट नेम एपीएन) आफ्नो डिभाइसमा परिवर्तन गर्नुपर्छ । प्रयोगकर्ताले क्यारियरको मोबाइल नेटवर्क र इन्टरनेटसँग कनेक्सन सेटअप गर्न प्रयोग गर्ने सेटिङको संग्रह हो ।

एपीएनमा प्रवेश गरिसकेपछि सामान्य रुपमा थाहा पाउन नसकिने फोन नेटवर्कमा कनेक्ट हुन यसले प्रयोगकर्ताको फोनलाई जानकारी दिन्छ । 

गत अप्रिलमा यूट्युबमा भएको एउटा भिडियोमा एकजना सीम विक्रेताले फोन नम्बरलाई कसरी स्पुफ गर्ने भनेर विधि देखाएका छन् । विक्रेताले पहिले आफ्नो फोनमा अंकको सिरिजलाई टाइप गर्छन्, त्यसपछि एस्ट्रिक राख्छन्, त्यसपछि आफूले नक्कल गर्न खोजेको फोन नम्बर त्यसमा राखे र ह्यास सिम्बल राखे । त्यसपश्चात पज गरिसकेपछि स्पुफ नम्बरबाट इनकमिङ कल आएको अर्को फोनमा देख्न सकिन्छ । 

यस्तै अर्को भिडियोमा दोस्रो विक्रेताले आफ्नै सीमलाई पनि कसरी यस्तो बनाउने भनेर प्रदर्शन गरेका छन् । 

त्यसपछि एउटा नोकिया ह्याण्डसेटमा ‘कन्ट्याक्टिङ सर्भर’ भनेर म्यासेज आयो । त्यसपछि केही बेरमै ०७७७७७७७७७७ बाट फोन आयो । त्यो निसन्देह स्पुफ नम्बर थियो । 

स्क्यामरहरुले यस्तो सीम प्रयोग गरेर मानिसहरुलाई फोन गरी उनीहरुको बैंक नम्बर र इब्बे हत्याउन चाहान्छन् । 

यस्ता सीम हातमा परिसकेपछि तपाईंले आफूलाई मनपरेको जुनसुकै नम्बर छनौट गर्नसक्नुहुन्छ । आफूलाई प्रत्येक पटक कल गर्दैपिच्छे नम्बर परिवर्तन गरेर चलाउन सक्छन् । यसकारण फोन प्रापकले यस्ता नम्बरलाई ब्लक गर्न सक्दैनन् । 

यस्ता सीमहरु एकदमै गोप्यरुपमा विक्री गरिन्छन् । म्यासेजिङ एप्स र मानिसहरु सम्पर्क हुने प्लेटफर्मबाट पनि यस्ता सीम विक्री हुन्छन् । यति मात्र होइन सार्वजनिक छवि बोकेका कम्पनीहरुले पनि यस्ता सीम विक्री गर्छन् । 

दूरसञचारको सुरक्षाका विशेषज्ञ कार्सटेन नोहलका अनुसार यस्ता सीमका अपरेटरहरुले आफ्नै मोबाइल भर्चुअल नेटवर्क अपरेटर एमभीएनओ सञ्चालन गरिरहेका हुन्छन् ।

साथै यस्ता अपरेटरहरुले स्थापित कम्पनीको नेटवर्कको पूर्वाधारमा पनि चढेर काम गरिरहेका हुन्छन् । जस्तै गूगलको एफआइ जुन टी मोबाइलको पूर्वाधारमा सञ्चालन छ ।

(यस लेख भाइस डटकमका लागि जाेसेफ कक्सले लेखेका हुन्)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०