close

सामसङका स्मार्टफोन मर्मत गर्न अब अनलाइन टोकन लिनुपर्ने, यसरी लिनुहोस् टोकन

टेकपाना टेकपाना

साउन ३२, २०७७ १७:२०

सामसङका स्मार्टफोन मर्मत गर्न अब अनलाइन टोकन लिनुपर्ने, यसरी लिनुहोस् टोकन

काठमाडौं । कोरोना जोखिमको समयमा सुरक्षित रहन सामसङ नेपालले अनलाइन टोकन प्रणालीबाट आफ्ना आधिकारिक सर्भिस सेन्टरको सेवाप्रवाह गर्ने घोषणा गरेको छ । अब प्रयोगकर्ताले आफ्नो फोनको सर्भिसिङ तथा मर्मत गराउन अनलाइन टोकनको मद्दत लिनुपर्नेछ । 

साथै सामसङ नेपालले वारेन्टी दिएका फोनहरुका लागि पनि वारेन्टी अवधि बढाउने बताएको छ ।अनलाइन टोकन लिन सबैभन्दा पहिले ग्राहकले यो लिंकमा जानुपर्नेछ । यो लिंकमा थिचेपछि तपाईं सिधै सामसङको अनलाइन अपोइन्टमेन्ट बुकिङ प्लेफर्ममा पुग्न सक्नुहुन्छ ।

त्यस पेजमा आफ्नो लोकेसन छनाेट गर्नुहोस् । तर हालका लागि यो काठमाडौंभित्रका ग्राहकका लागि मात्र उपलब्ध छ । त्यहाँ ग्राहकले सामसङको सर्भिस सेन्टरहरुको सूची देख्न सक्छन्।

आफूलाई पायक पर्ने सर्भिस सेन्टरलाई चयन गरी स्क्रीनमा देखिएको फारममा व्यक्तिगत विवरण भर्नुहोस् । त्यसपछि समसङको गोपनीयता नीतिलाई ‘कन्फर्म’ गर्नुहोस् । 

गोपनीयता नीति र क्याप्चा हेरिसकेपछि तपाईंले ‘वान टाइम पासवर्ड’ पाउनुहुनेछ । त्यसलाईं आफ्नो स्मार्टफोनमा भेरिफाई गर्नुहोस् । यो भेरिफाई गरिसकेपछि मिति र समय चयन गर्नुहोस् ।

तपाईंको सहयोगका लागि बायााँतिरकाे स्क्रीनमा अपरेसन आवरको बारेमा विवरण देख्न सकिन्छ । यी सबै प्रक्रिया पुरा गरिसकेपछि ‘टेक अपोइन्टमेन्ट’ मा क्लीक गर्नुहोस् । त्यसपछि आफ्नो टोकन नम्बर लिएर तपाईंले सर्भिस सेन्टर जान सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०