close

कलेज आइडिया हन्टका उत्कृष्ट तीन विजेताको घोषणा

टेकपाना टेकपाना

भदौ १, २०७७ ९:४२

कलेज आइडिया हन्टका उत्कृष्ट तीन विजेताको घोषणा

काठमाडौं । हरेक वर्ष आइडिया स्टुडियो नेपालले आयोजना गर्दै आएको ‘कलेज आइडिया हन्ट’ अन्तर्गत यस वर्षका उत्कृष्ट तीन विजेताकाे छनाेट गरिएकाे छ ।

शनिवार फेसबुक लाइभमार्फत आयोजकले उत्कृष्ट १० आइडियाबाट उत्कृष्ट तीन विजेता छनोट गरेको हो ।

फाइनल चरणमा हिरेन्द्रराज जोशी, सुस्मिता थापा र वविता राउतको लार्भा सोल्जरको लार्भा पालनसम्बन्धी आइडिया, हेमन्तराज अवस्थी, गायत्री भण्डारी, प्रिया श्रेष्ठ, गोपी चटौत, रेखा बाबु र अर्चना चन्दको भर्नीको कृषिमा मलसम्बन्धी आइडिया र रेश्मा कंशाकार र रिसभ श्रेष्ठको बडी लभ नेपालको छालाको सुन्दरतासम्बन्धी आइडिया उत्कृष्ट तीनमा छनोट गरिएको छ ।

उत्कृष्ट तीन आइडियामा परेका विजेताले एक/एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी विद्यार्थीले कृषि, प्रविधि, उत्पादन आदिसँग सम्बन्धित आइडिया प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल विद्युतीय भुक्तानी प्रणाली कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा, मिस नेपाल २०१८ श्रृंखला खतिवडा र वर्ल्ड वाल्डलाइफ फण्ड नेपालका महानिर्देशक रविप्रताप सिंह थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०