close

सामसङ प्रयोगकर्तालाई खुशीको खबर, अब यी डिभाइसमा प्राप्त हुनेछ ३ जेनेरेसनसम्मको अपडेट

टेकपाना टेकपाना

भदौ २, २०७७ ११:३४

सामसङ प्रयोगकर्तालाई खुशीको खबर, अब यी डिभाइसमा प्राप्त हुनेछ ३ जेनेरेसनसम्मको अपडेट

काठमाडौं । अन्य निर्माताको तुलनामा सामसङले नियमित र बढी मात्रामा नै अपडेटहरु सार्वजनिक गर्दै आएको छ । विशेषगरी ग्यालेक्सी एस तथा ग्यालेक्सी नोट सिरिज जस्ता प्रिमियम फ्ल्यागशिप फोनहरुमा अपरेटिङ सिस्टम अपग्रेड तथा सफ्टवेयर अपडेट भर्खरको भर्खरै उपलब्ध हुने गर्छ ।

यो महत्वपूर्ण छ कि जब हामी मोबाइल उपकरण अपडेट गर्छौं, त्यसपछि ठीकसँग काम गर्छ । यस्तोमा ब्राण्ड न्यू डिभाइसमा नयाँ अपरेटिङ सिस्टम तथा सफ्टवेयरले जस्तै पुरानो ग्याजेटले पनि काम गर्न थाल्छ । 

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले मोबाइल अनुभवलाई थप उत्कृष्ट बनाउन एण्ड्रोइड अपरेटिङ सिस्टम अपग्रेड गर्न चाहिरहेको छ । यदि तपाईंको मोबाइल एण्ड्रोइड टेनमा आधारित छ भने त्यसमा एण्ड्रोइड इलाभेन र एण्ड्रोइड ट्वेल्भसम्मको अपग्रेड गर्न सकिनेछ । 

तर सबै ग्यालेक्सी डिभाइसहरुले भने यस्तो अपग्रेड प्राप्त गर्ने छैनन् । यो सूचीमा पछिल्लो वर्ष सार्वजनिक गरिएका डिभाइसहरु मात्र समावेश छन् । 

एस सिक्स पछिका ग्यालेक्सी ट्याब मोडेलले तीन जेनेरेसनको एण्ड्रोइड अपडेट प्राप्त गर्नेछन् । यो सूचीमा हालै घोषणा गरिएका ग्यालेक्सी ट्याब सेभेन प्लस, ग्यालेक्सी ट्याब सेभेन प्लस फाइभजी, ट्याब एस सेभेन फाइभजी, ट्याब एस सेभेन, ग्यालेक्सी ट्याब एस सिक्स फाइभजी, ग्यालेक्सी ट्याब एस सिक्स लाइट, ट्याब एस सिक्स र ग्यालेक्सी ट्याब एस सिरिजका अब आउने डिभाइसहरु रहेका छन् । 

त्यस्तै ग्यालेक्सी ए सिरिजका ग्यालेक्सी ए फिफ्टीवान फाइभजी, ग्यालेक्सी ए फिफ्टीवान, ग्यालेक्सी ए सेभेन्टी वान फाइभजी, सेभेन्टी वान, ए नाइन्टी फाइभजी र ग्यालेक्सी ए सिरिजका भविष्यमा आउने मोबाइलले समेत भविष्यको एण्ड्रोइड अपडेट पाउनेछन् । निश्चित रुपमा प्रिमियम ग्यालेक्सी स्मार्टफोनले त झन् मुख्य अपडेट प्राउने नै भए । 

जेड फोल्ड टू फाइभजी, जेड फोल्ड, जेड फ्लिप फाइभजी, जेड फ्लिप, फोल्ड फाइभजी र फोल्ड लगायतका ग्यालेक्सी फोल्डेबल डिभाइसले समेत यस किसिमको अपडेट पाउनेछन् । ग्यालेक्सी नोट टेनपछिका ग्यालेक्सी नोट सिरिजका डिभाइसहरुमा पनि नयाँ एण्ड्रोइड अपरेटिङ सिस्टम सपोर्ट हुनेछ ।

ग्यालेक्सी एस टेन सिरिजदेखि ग्यालेक्सी एससम्मका सबै एण्ड्रोइड फोनहरुका लागि सामसङले अपडेट रोलआउट गर्नेछ । सामसङ इलेक्ट्रोनिक्सका वरिष्ठ उपाध्यक्ष तथा सफ्टवेयर प्लेटफर्म टिमका अध्यक्ष जङ्ग्युन यूनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘जसैगरी मानिसहरुले लामो समयसम्म आफ्नो डिभाइस प्रयोग गर्न थालेका छन्, हामी उनीहरुलाई सुरक्षित तवरले संरक्षण गर्न र उनीहरुको हातमा रहेको डिभाइसका लागि उत्साहजनक नयाँ फिचर प्रदान गर्नका लागि काम गरिरहेका छौं ।

तीन पुस्ताको एण्ड्रोइड अपग्रेडको सपोर्टमार्फत हामी हाम्रा ग्यालेक्सी उत्पादनको आयू लम्ब्याउँदै छौं र साधारण तथा सुरक्षित मोबाइल प्रयोगको अनुभव प्रदान गर्न बाचा पनि गर्दछौं । जसले पछिल्ला आविष्कार बजारमा उपलब्ध हुन थालेसँगै पुराना डिभाइसमा समेत त्यसको लाभ दिनेछ ।’  

उदाहरणको लागि गएको फेब्रुअरीमा सार्वजनिक भएको एण्ड्रोइड टेनमा आधारित ग्यालेक्सी एस ट्वान्टी लाइनअपले तिन ओटा अपरेटिङ सिस्टम अपग्रेडलाई सपोर्ट गर्नेछ । जसले नयाँ फोन जस्तै अनुभूति दिलाउनेछ ।

ग्यालेक्सी एस ट्वान्टी लाइनअप पहिलो ग्यालेक्सी डिभाइस हुनेछ, जसले आउँदो वर्ष एण्ड्रोइड एलभेन अपग्रेड प्राप्त गर्नेछ । अरु डिभाइसले त्यसपछि मात्रै अपग्रेड पाउनेछन् ।

मोबाइल अनुभवलाई नवीनतम् र तरोताजा राख्न अपग्रेडहरु सुनिश्चित गर्ने दिशामा काम चालु रहेको प्रतिवद्धता सामसङले गरेको छ । प्रिमियम हार्डवेयर एक चिज हो । तर सफ्टवेयर अपडेटेड राख्नु चाहिं फरक कुरा । अबको दुई वा तीन वर्षमा सामसङबाट सम्बन्धित घोषणाहरु हुनसक्ने अपेक्षा गर्न सकिन्छ । 

तीन जेनेरेसनको अपग्रेड प्राप्त गर्ने मोबाइल

  • ग्यालेक्सी एस सिरिजः ग्यालेक्सी एस ट्वान्टी अल्टा फाइभजी, एस ट्वान्टी अल्टा, एस ट्वान्टी प्लस फाइभजी, एस ट्वान्टी प्लस, एस ट्वान्टी फाइभजी, एस ट्वान्टी, एस टेन फाइभजी, एस टेन प्लस, एस टेन, एस टेन ई, एस टेन लाइट र अब आउने एस सिरिजका सबै नयाँ डिभाइस ।
  • ग्यालेक्सी नोट सिरिज: ग्यालेक्सी नोट ट्वान्टी अल्टा फाइभजी, नोट ट्वान्टी अल्ट्रा, नोट ट्वान्टी फाइभजी, नोट ट्वान्टी, नोट टेन प्लस फाइभजी, नोट टेन प्लस, नोट टेन फाइभजी, नोट टेन, नोट टेन लाइट र नोट सिरिजका आउँदै गरेका डिभाइस ।
  • ग्यालेक्सी फोल्डेबल डिभाइस: ग्यालेक्सी जेड फोल्ड टू फाइभजी, जेड फोल्ड टू, जेड फ्लिप फाइभजी, जेड फ्लिप, फोल्ड फाइभजी, फोल्ड र जेड सिरिजका नयाँ आउने डिभाइस । 
  • ग्यालेक्सी ए सिरिज: ग्यालेक्सी ए सेभेन्टी वान फाइभजी, ए सेभेन्टी वान, ए फिफ्टी वान फाइभजी, ए फिफ्टी वान, ए नाइन्टी फाइभजी  र ए सिरिजिका नयाँ आउने डिभाइस ।
  • ट्याब्लेटः ग्यालेक्सी ट्याब एस सेभेन प्लस फाइभजी, ट्याब एस सेभेन प्लस, ट्याब एस सेभेन फाइभजी, ट्याब एस सेभेन, ट्याब एस सिसक्स फाइभजी, ट्याब एस सिक्स, ट्याब एस सिक्स लाइट र ट्याब एस सिरिजमा अब आउने डिभाइस । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०