close

उत्कृष्ट फिचर सहितको इन्फिनिक्स नोट सेभेन नेपालमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

भदौ २, २०७७ १५:४९

उत्कृष्ट फिचर सहितको इन्फिनिक्स नोट सेभेन नेपालमा, कति छ मूल्य ?

काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘इन्फिनिक्स नोट ७’ सार्वजनिक गरेको छ । नेपालको लागि इन्फिनिक्सको आधिकारिक बिक्रेताको रुपमा ओला इलेक्ट्रोनिक्स प्रालिले यसलाई बजारमा ल्याएको हो ।

युवा पुस्तालाई लक्षित गर्दै बजारमा ल्याइएको फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित चारवटा क्यामेरा रहेका छन् । मिडियाटेक हेलियो जी ७० चिपसेट प्रयोग भएको फोनमा ६.९५ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ ।

चार जीबी र्‍याम र १२८ जीबी रोम रहेको फोनमा ४८ मेगा पिक्सेलको मुख्य क्यामेरासहित क्वार्ड क्यामेरा सेटअप (चारवटा क्यामेरा भएको) रहेको छ । फोनमा दुई मेगापिक्सेलको म्याक्रो, दुई मेगा पिक्सेलको डेप्थ सेन्सर र दुई मेगापिक्सेलको डेडिकेटेड भिडियो क्यामेरा समेत छ ।

जसमार्फत उज्यालो कम भएको अवस्थामा पनि उच्च गुणस्तरकाे फोटो तथा भिडियो खिच्न सकिने बताइएको छ । सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

फोनमा एआईमा आधारित इमेज स्टेबलाइजेसन प्रविधि प्रयोग गरिएको छ । जसमार्फत् प्रयोगकर्ताले गतिवान अवस्थामा पनि राम्रो फोटो खिच्न सक्छन् ।

इन्फिनिक्स नोट सेभेन

‘इन्फिनिक्सको मोबाइल रेन्जमा नोट सेभेन एउटा उत्कृष्ट फोन हो,’ इन्फिनिक्स नेपालले भनेको छ, ‘यसमा उत्कृष्ट फिचर, डिजाइन र प्रविधिको प्रयोग गरिएको छ । जसले प्रयोगकर्तालाई स्मार्टफोन प्रयोगमा नयाँ अनुभव प्रदान गर्ने विश्वास छ ।’

कम्पनीका अनुसार फोनमा पाँच हजार एमएएचको ब्याट्री राखिएको छ । यसका लागि १८ वाटको सुपर फास्ट चार्जर प्रदान गरिएको छ । जसले गर्दा छोटो समयमै फोन चार्ज गर्न सकिन्छ ।

फरेस्ट ग्रीन, ब्ल्याक र बोलिभिया ब्लू गरी तीन फरक रंगमा फोन बजारमा आएको यो फोनको मूल्य २१ हजार नाै सय ९० रुपैयाँ राखिएको छ । एक वर्षको वारेन्टी रहेको यो फोनमा ब्याट्रीमा भने छ महिनाको वारेन्टी दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०