close

क्लासिक टेकको नयाँ अफर, आठ सय ५७ रुपैयाँमै इन्टरनेट र टिभी

टेकपाना टेकपाना

भदौ २, २०७७ २१:१६

क्लासिक टेकको नयाँ अफर, आठ सय ५७ रुपैयाँमै इन्टरनेट र टिभी

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि रिचार्ज अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले एकैपटक एक वर्षका लागि इन्टरनेटको रिचार्ज गर्दा दुई महिनाको बोनस प्राप्त गर्नेछन् । त्यस्तै ६ महिनाको रिचार्ज गर्दा एक महिना थप इन्टरनेट सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो अफरअन्तर्गत ग्राहकले एक वर्षका लागि २० एमबीपीएसको १२ हजार रूपैयाँ, २५ एमबीपीएसको १३ हजार दुई सय रूपैयाँ, ३० एमबीपीएसको १३ हजार २ सय रूपैयाँ, ३५ एमबीपीएसको १४ हजार १ सय ४८ रुपैयाँमात्रै तिर्दा हुनेछ । जसमा दुई महिना थप इन्टरनेट उपलब्ध हुनेछ ।

त्यस्तै एक वर्षको लागि ४० एमबीपीएसको १४ हजार ४ सय, ५० एमबीपीएसको १५ हजार र ६० एमबीपीएसको १६ हजार ८ सय ७० एमबीपीएसको १८ हजार रुपैयाँमात्रै तिर्दा हुनेछ ।

क्लासिक टेकको न्यूनतम प्याकेज २० एमबीपीएसको छ । कम्पनीले यो स्पीडको प्याकेजमा वार्षिक रिचार्ज गर्दा ग्राहकले १२ हजार रुपियाँ तिर्नुपर्ने उल्लेख गरेको छ । कम्पनीले वार्षिक रिचार्जमा थप दुई महिना बोनस दिँदा ग्राहकले प्रतिमहिना आठ सय ५७ रुपियाँमै २० एमबीपीएसको इन्टरनेट र क्लासिक प्रभु टिभी सेवा प्राप्त गर्नेछन् । तर यो शुल्क करबाहेकको हो ।

यसैअनुसार अन्य प्याकेजमा पनि ग्राहकले अफर प्राप्त गरेका छन् । कम्पनीका अनुसार यो अफर क्लासिक प्रभु टिभीमा समेत लागू हुनेछ । दुई महिनाको बोनस इन्टरनेट तथा टिभी दुवैमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले आफूलाई पायक पर्ने प्याकेज आवश्यकताअनुसार आफैँले थपघट गर्नसक्ने छन् । त्यसका लागि ग्राहकले कम्पनीको एप प्रयोग गर्न सक्नेछन् ।

साथै इन्टरनेटको सम्पूर्ण जानकारी, मर्मतका लागि टिकट खोल्नेदेखि लिएर रिचार्जसमेत गर्न सकिने छ । प्रयोगकर्ताले ई–सेवा, खल्ती, आईएमई पे, फोन पे, आइ पे, कनेक्ट आईपीएस, प्रभु पे, डेबिट/क्रेडिट कार्ड, डाइरेक्ट पेका साथै विभिन्न बैंकबाट सोझै रिचार्ज गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०