close

अब फ्लिपकार्टका सामान सस्तो डिलबाट अर्डर गर्न सकिने

टेकपाना टेकपाना

भदौ २, २०७७ २२:५

अब फ्लिपकार्टका सामान सस्तो डिलबाट अर्डर गर्न सकिने

काठमाडौं । भारतको सबैभन्दा ठूलो ईकमर्स कम्पनी फ्लिपकार्ट र नेपाली ईकमर्स कम्पनी सस्तो डिलबीच सहकार्य सुरु भएको छ । यससँगै अब फ्लिपकार्टको प्लेटफर्ममा उपलब्ध हरेक सामान सस्तो डिलबाट खरिद गर्न सकिने भएको छ । 

सहकार्यपछि फ्लिपकार्ट क्रसबोर्डर ईकमर्स प्लेटफर्मको रुपमा रहनेछ । अब फ्लिपकार्टमा उपलब्ध पाँच हजारभन्दा धेरै थरीका सामानहरु सस्तो डिलमा उपलब्ध हुनेछन् । 

फ्लिपकार्ट तथा फ्लिपकार्ट बाईको मार्क्यूमार्फत सामान खरिद गर्दा एकदेखि दुई दिनमा डेलिभरी उपलब्ध हुनेछ । तर फ्लिपकार्ड स्टोरबाट अर्डर गर्दा भने क्रसबोर्डरका कारण डेलिभरीको समय कम्तिमा २१ दिन हुनेछ । 

सस्तो डिलमार्फत फ्लिपकार्टका सामान खरिद गर्न सकिने भए पनि नेपालमा सोझै फ्लिपकार्टको वेबसाइटबाट सामान अर्डर गर्न भने पाइने छैन । खरिद गरिएका फ्लिपकार्टका सामानमा वारेन्टीको जिम्मेवारी भने सस्तो डिलले नै लिने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०