close

६ गिगाहर्ज वाईफाई परीक्षणको तयारीमा गूगल

टेकपाना टेकपाना

भदौ ३, २०७७ १३:४५

६ गिगाहर्ज वाईफाई परीक्षणको तयारीमा गूगल

काठमाडौं । तीव्र गतिको वाईफाईको रुपमा हेरिएको छ गिगाहर्ज स्पेक्ट्रमको वाईफाई परीक्षणका लागि गूगलले अमेरिकी सरकारसँग अनुमति मागेको छ । नयाँ पुस्ताको वाईफाई प्रविधिको रुपमा हेरिएको यो प्रविधि परीक्षणका लागि कम्पनीले विभिन्न प्रदेशका सरकारसँग अनुमति मागेको उल्लेख छ ।

गूगलले पहिलो चरणमा अमेरिकाका प्रमुख सहरमा यसलाई परीक्षण गर्ने तयारी गरिरहेको छ । सिक्स गिगाहर्ज वाईफाई परीक्षणको क्रममा अन्य वाईफाई सिग्नलमा समेत असर पर्ने सक्ने आँकलन गरिएकाले पनि कम्पनीले परीक्षणका लागि सरकारसँग अनुमति मागेको हो ।

यो प्रविधिमार्फत हाल उपलब्ध भइरहेको वाईफाईको गतिको तुलनामा दोब्बर गतिमा वाईफाई चल्नेछ । त्यस्तै वाईफाईको कभरेज एरिया पनि धेरै हुने बताइएको छ ।

हाल विश्व परिवेशमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज ब्याण्डको वाईफाई प्रचलनमा रहेको छ । नेपालमा फाइभ गिगाहर्ज वाईफाई भर्खरै मात्र प्रयोगमा आएको छ । अबकाे केही समयपछि वाईफाईमा ठूलो परिवर्तन देखा पर्दैछ

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०