close

अब ईसेवा मनी ट्रान्सफरबाट आएको रकम कृषि विकास बै‌ंकबाट झिक्न मिल्ने

टेकपाना टेकपाना

भदौ ३, २०७७ १७:५७

अब ईसेवा मनी ट्रान्सफरबाट आएको रकम कृषि विकास बै‌ंकबाट झिक्न मिल्ने

काठमाडौं । कृषि विकास बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रम माझ उक्त सम्झौता भएको हो ।

यससँगै अब ईसेवा मनी ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकका नेपालभर रहेका कुनै पनि शाखाहरुबाट झिक्न सकिने भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंककातर्फबाट उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र ईसेवा मनी ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका छन् ।

कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले बैंक र ईसेवाबीच पहिलेदेखि नै विभिन्न माध्यमबाट सहकार्य हुँदै आएको उल्लेख गरे । अब रेमिट्यान्स् कारोबारमार्फत समेत सहकार्य अगाडि बढ्न लागेको भन्दै उनले खुशी व्यक्त गरे ।

उनले भने, ‘विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडि बढाएकोमा ईसेवा मनिट्रान्सफर र हाम्रो बैंकको डिजिटल बैंकिङ विभागको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

सम्झौता कार्यक्रममा ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले कृषि विकास बैंक जस्तो व्यापक संजाल भएको बैंकसँग विष्रेषण कारोबारका लागि सहकार्य गर्न पाउँदा आफूहरु निकै हर्षित भएको बताए ।

कार्यक्रममा कृषि विकास बैंक डिजिटल बैकिङ विभागका विभागीय प्रमुख बाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै कृषि विकास बैंक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्ने कार्यमा अगाडि बढिरहेको उल्लेख गरे ।

यसै क्रममा ईसेवा मनिट्रान्सफरसँग विष्रेषण सम्झौता भएको उनको भनाई थियो । कार्यक्रममा कृषि विकास बैंकको डिजिटल बैंकिङ विभागका कृष्णप्रसाद नेपाल ,शान्तिप्रसाद रिजाल र ईसेवामनि ट्रान्सफरका अविनास थापा लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०