close

रिचार्जरमा मेगा सेल ग्याजेट मेला सुरु हुँदै, ५० प्रतिशतसम्म छूट

टेकपाना टेकपाना

भदौ ४, २०७७ ९:५४

रिचार्जरमा मेगा सेल ग्याजेट मेला सुरु हुँदै, ५० प्रतिशतसम्म छूट

काठमाडौं । ईकमर्स प्लेटफर्म रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा भर्चुअल रुपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्नेछन् ।

सेलमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् ।

आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न आवश्यक विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले विभिन्न ब्राण्डका अन्य सामग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो ।

ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छूटका अलावा कतिपय सामग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्री’ को अफर समेत राखिने छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामग्री किन्न सकिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरको भनाई छ ।

भदौ ११ गतेबाट एक सातासम्म चल्ने मेलामा सामान खरिद गर्नेहरुले भदौ ३ गतेदेखि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता खोल्दा एक हजार बराबरको क्यास प्वान्ट तत्काल रिचार्जर अकाउण्टमा जम्मा हुनेछ ।
भदौ ३ गतेदेखि १० गतेसम्ममा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराइनेछ । यस्तै हरेक दिन एक जनालाई स्मार्ट फोन उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।

हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक लाइभमार्फत विजेता घोषणा गरिनेछ । कम्पनीले कोरोना संक्रमण नियन्त्रणका लािग सुपथ मूल्यमा मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

एन ९५ मास्क ३५ रुपैयाँमै बिक्री बितरण भइरहेको छ । भिटामिन सीयुक्त ‘डबल सी’ ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध हुनेछ ।

यसका साथै बीमा, बिजुली, इन्टरनेट, टीभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि अकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट प्राप्त हुनेछ ।

यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिजार्जरको सामान खरिदमा छूटको रुपमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३