काठमाडाैं। तपाईंको घरको ठूलो स्क्रीन भएको टिभीमा गूगल मीटबाट भिडियो कन्फ्रेन्स गर्दा कस्तो होला ? गूगल मीटले यसलाई सम्भव बनाउन गूगल मिटमा क्रोमकास्ट सपोर्ट थप गरेको छ ।
अब तपाईंले मीटको भिडियो कन्फ्रेन्सलाई क्रोमकास्ट स्ट्रिमिङ स्टिक्स, एन्ड्रोइड टिभी र स्मार्ट डिस्प्ले जहाँ पनि कास्ट गर्न सक्नुहुन्छ ।
अघिल्लो वर्ष गूगलले मीटलाई नेस्ट हब म्याक्समा पनि स्ट्रिमिङ हुने फिचर ल्याएको थियो ।
टिभीमा यसरी गूगल मीट स्ट्रिमिङ गर्नुहोस्
टिभीमा भिडियो कन्फ्रेन्स स्ट्रिमिङ भइरहेता पनि तपाईंको मोबाइल वा कम्प्युटरमा समेत त्यो स्ट्रिम भइरहेको हुन्छ । यसकारण टेलिभिजनमा भिडियो कन्फ्रेन्स स्ट्रिम भइरहे पनि माेबाइल वा पिसीकाे वेब क्यामेरा नै तपाईंले प्रयाेग गर्नुपर्छ ।
तपाईंको मोबाइल र टिभीलाई क्रोमकास्टले जोड्छ । यसका लागि सपोर्टेड क्रोमसकास्टहरू जस्तै क्रोमकास्ट अल्ट्रा र सेकेण्ड जेन क्रोमकास्ट प्रयोग गर्नुपर्छ ।
तर, एन्ड्रोइड टिभी र कास्ट हुनसक्ने डिस्प्लेअनुसार भिडियो कन्फ्रेन्सले फरक-फरक तरिकाले काम गर्छ ।
टिभीमा गूगल मीटको भिडियो कन्फ्रेन्स स्ट्रिमिङ गर्न मिटिङलाई क्रोममा खोल्नुहोस् र त्यहाँ तपाईले ‘कास्ट दिस मिटिङ’ अप्सन देख्नुहुन्छ । यसलाई क्लिक गरेर तपाईंले मिटिङ सुरु हुनुअघि वा हुँदै गर्दा दुवै समयमा एक्सेस पाउन सक्नुहुन्छ ।
यसैले कुनै संवेदशील र महत्वपूर्ण मिटिङ छ भने हामी तपाईंलाई ल्यापटपबाट नै मिटिङ बस्न सुझाव दिन्छौं ।