close

उपत्यकाका ३ वटै जिल्लाका सबै बैंक शाखा बन्द, विद्युतीय भुक्तानी प्रयोग गर्न आग्रह

टेकपाना टेकपाना

भदौ ४, २०७७ १३:५७

उपत्यकाका ३ वटै जिल्लाका सबै बैंक शाखा बन्द, विद्युतीय भुक्तानी प्रयोग गर्न आग्रह

काठमाडौं । कोभिड १९ को महामारीको संक्रमण बढ्दै गए पछि काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा रहेका सबै बैंकका शाखा कार्यालयहरु बन्द भएका छन् । बैंकहरुले छुट्टा छुट्टै रुपमा सूचना जारी गर्दै शाखा कार्यालयहरु बन्द भएको घोषणा गरेका हुन् ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । उपत्यका बाहिरका बैंक शाखाहरुको सन्दर्भमा भने स्थानीय प्रशासनको सूचनाका आधारमा खुल्ने वा बन्द रहने जनाइएको छ ।

साथै कास्की जिल्लाको पोखरामा रहेका बैंक शाखाहरु बुधबारदेखि नै अनिश्चित समयका लागि बन्द भएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले बुधार नै एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञा लगायतका विशेष आदेको परिपालना गर्न आग्रह गरेको छ ।

साथै केन्द्रीय बैंकको सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट सम्पादन गरिने आधारभूत बैंकिङ सेवालाई निरन्तरता दिनका लागि स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्डहरु कायमै रहने गरी आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा सुचारु राख्न अनुरोध गरिन्छ ।’

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सम्भव भएसम्म आफ्ना ग्राहकलाई विद्युतीय माध्यमबाट कारोबारका लागि सूचित समेत भनेको छ ।

विभिन्न बैंकहरुले उपलब्ध गराइरहेको इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने तरिकाको बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

Image

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३