close

अनलाइनबाटै पाइथन प्रोग्रामिङको सीप निःशुल्क सिकाउँदै ब्रोडवे, यसरी सहभागी हुनुहोस्

टेकपाना टेकपाना

भदौ ४, २०७७ १९:३८

अनलाइनबाटै पाइथन प्रोग्रामिङको सीप निःशुल्क सिकाउँदै ब्रोडवे, यसरी सहभागी हुनुहोस्

काठमाडौं । ब्रोडवे इन्फोसिसले अनलाइनबाटै पाइथन प्रोग्रामिङका महत्वपूर्ण सीप निःशुल्क सिकाउने भएको छ । यसका लागि इच्छुकले यहाँ क्लिक गरी आफ्नो सिट सुरक्षित गर्नुपर्ने छ ।

ब्रोडवेले पाइथनकाे याे सेसन महत्वपूर्ण हुने बताएकाे छ । पाइथनकाे फन्डामेन्टल्स, फ्रेमवर्क, स्कोप, एप्रोच लगायतका विषयमा याे सेसन सञ्चालन हुने छ ।

सेसन एक दशकभन्दा बढी यो क्षेत्रमा अनुभव हासिल गरेका विज्ञबाट सञ्चालन हुनेछ । साथै सेसनमा सहभागीहरुले पाइथनका विभिन्न अवसरबारे पनि ज्ञान हासिल गर्न पाउनेछन् ।

यो सेसन भदाै १० देखि पाँच दिनसम्म बिहानको १० बजेदेखि २ घण्टासम्म सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३