close

छपाईका सबै सेवा अनलाइनमा, २५ प्रतिशत छूट सहित होम डेलिभरी

टेकपाना टेकपाना

भदौ ५, २०७७ ११:४८

छपाईका सबै सेवा अनलाइनमा, २५ प्रतिशत छूट सहित होम डेलिभरी

काठमाडौं । अनलाइनबाटै प्रिन्टिङ सुविधा दिने गरी प्रिन्ट सेवा सञ्चालनमा आएको छ । प्रविधिको विकास र बजारको आवश्यकता अनुसार कम्पनीले प्रिन्टिङका कामहरु डिजिटल प्लेटफर्मबाटै उपलब्ध गराउन थालेको हो ।

आफूलाई नेपालकै पहिलो प्रिन्टिङ इकमर्सको रुपमा दाबी गर्दै आएको कम्पनीले छपाई सम्बन्धी सबै सेवाहरु अनलाइनबाटै उपलब्ध गराइने जनाएको छ । जसमा कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिमा छाप्ने सुविधा रहेको छ ।

प्रिन्ट सेवाका कार्यकारी निर्देशक सुरज राईले ५० भन्दा बढी किसिमका कागजमा ३० भन्दा बढी मिडिया प्रयोग गरी प्रडक्ट तयार गर्न सकिने बताए । उनले भने, ‘हामीकहाँ डिजिटल प्रिन्ट, अफसेट प्रिन्ट, स्क्रीन प्रिन्ट, रोलर प्रिन्ट, इचिङ, लेजर प्रिन्ट, यूभी प्रिन्ट, हिट ट्रान्सफर जस्ता प्रिन्ट गर्न सकिन्छ ।’

प्रिन्ट सेवाले भिजिटिङ कार्ड, ब्रोसर, लिफलेट, लेटरहेड, आईडी कार्ड, खाम, डायरी छाप्नका लागि अनलाइनबाटै अर्डर लिन थालेको छ । यस्तै क्याटलग तथा कम्पनी प्रोफाइल प्रोसपेक्टस, पोस्टर, टिकट, होर्डिङ बोर्ड, हाइ वे बोर्ड, इन्डोर साइनेज प्रिन्टिङको सुविधा समेत रहेको छ ।

ट्याम्प, टी–शर्ट, क्याप, की रिङ, डटपेन, घडी, छाता, मग, प्लेट, कुसनमा प्रिन्ट गर्न, फोटो फ्रेम, कलर प्रिन्ट, मेनु, स्टेन्ड मेनु, क्यालेन्डर, एल्बम, ग्रिटिङ कार्ड, ट्याग, रेकर्ड फाइल, पत्रिका, किताब, कपी, स्लिप, नोट कपी, ड्याङ्लर, स्टिमर, निमन्त्रणा कार्ड, टेबल टेन्ट, बट्टा, झोला, प्याकेजिङ, एक्त्रेलिक बोर्ड, फोरेक्स बोर्ड, स्टिकर, माउस प्याड, मोबाइ हाउजिङ लगायतका काम समेत प्रिन्ट सेवाको वेबसाइटबाटै उपलब्ध हुन ालेको छ ।

कम्पनीको वेबसाइटमा गएर आफूलाई आवश्यक प्रिन्टिङको अर्डर गर्न सकिनेछ । यसरी आएको अर्डरमा कम्पनीले डेलिभरीको सुविधा समेत दिन थालेको छ ।

यदि तपाईंसँग डिजाइन तयार छैन भने पनि अनलाइनमै त्यसको समेत विकल्प दिइएको छ । रियल टाइम डिजाइनर हायर गरी डिजाइनिङको काम गराउन सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अनलाइनबाट कम्पनीको सेवा लिँदा त्यसको भुक्तानी विभिन्न डिजिटल वालेटमार्फत अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै आफ्नो अर्डर ट्रयाक गर्न सकिने, ईमेल तथा एसएमएस नोटिफिकेसन प्राप्त गर्न सकिने सुविधा समेत यसमा छ ।


राईका अनुसार कम्पनीको सेवा प्रयोग गर्दै जाँदा आफ्ना एक वर्ष पुराना सबै अर्डरहरु हेर्न वा पुनः अर्डर गर्न मिल्छ । हाल काठमाडौं उपत्यका भित्र डेलिभरी सुविधा दिँदै आएको कम्पनीले यो सेवा क्रमशः नेपालभरका लागि उपलब्ध गराउने उद्देश्य राखेको छ ।

विगत १२ वर्षदेखि प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको कम्पनीले समयक्रमसँगै आफ्नो सेवा अनलाइनमा ल्याएको हो । परम्परागत शैलिबाट सेवा प्रवाहमा देखिने त्रुटी समेत अनलाइनमा नरहने राईले बताए ।

‘यस अघि डिजाइन गर्न प्रुफ हर्न समेत झन्झट थियो,’ उनले भने, ‘यस्तै किसिमका समस्याबाट पार पाउनका लागि पनि हामीले ईकमर्स वेबसाइट र एप्स ल्याएको हौं ।’

कम्पनीले छपाई, ब्रान्डिङ र प्रचार प्रसारका सम्पूर्ण काम समेत अनलाइनमार्फत नै उपलब्ध गराउने रणनीति बनाएको छ । त्यसका लागि छपाई सेवा लिने र दिने सबैैका लागि उपयोगी प्लेटफर्मको रुपमा पिन्ट सेवालाई विकास गरिने बताइएको छ ।

यसबाट नेपाली कगजबाट बनेका सामग्री, हस्तकलाहरु विदेशमा समेत निर्यात गर्न सहज हुने राईको विश्वास छ । उपभोक्तहरुलाई सोझै सेवाप्रदायकसँग जोडिने भएकाले प्रिन्टिङको सुविधा सस्तो र छरितो हुनेछ ।

यसैगरी प्रिन्ट सेवालाई गिप्mट आदन प्रदान गर्न, डजाइन एजेन्सी, प्रकाशन गृह, विद्यायल, संघ सस्था आदिलाई जोड्ने सेतुको रुपमा विकास गरिने कार्यकारी निर्देशक राईको भनाई छ ।

कम्पनीले सेवा सुरु भएको अवसरमा रजिस्टर गरी सेवाको अर्डर लिनेहरुलाई २५ प्रतिशत छूट समेत दिन थालेको छ । यो ईकमर्स वेबसाइट तथा एप कम्पनीकै भगिनी कम्पनी क्रिनोभाले बनाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३