close

विद्यार्थी र शिक्षकका लागि फेसबुकले सुरु गर्‍यो ‘एजुकेटर हब’, आपसमा जोडिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ ५, २०७७ १२:४१

विद्यार्थी र शिक्षकका लागि फेसबुकले सुरु गर्‍यो ‘एजुकेटर हब’, आपसमा जोडिन यसो गर्नुहोस्

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले शिक्षक र विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेटर हब’ सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीको अनलाइन कम्युनिटी बनाउने उद्देश्यका साथ कम्पनीले यस्तो फिचर ल्याएको हो ।

जहाँबाट कक्षाका लागि आवश्यक विभिन्न उपयोगी सामग्रीहरु प्राप्त गर्न सकिनेछ । कोरोनाका कारण अहिले शिक्षा क्षेत्रमा ठूलो असर परेको छ ।

सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले महिनौंदेखि कक्षा सञ्चालन हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा विद्यार्थीको वृत्तिविकास असर परेको छ ।

अर्को तर्फ विद्यार्थीमा विभिन्न किसिमका समस्याहरु समेत देखिन थालेका छन् । यस्तो अवस्थामा उनीहरुलाई उचित शिक्षा र मार्गदर्शनको आवश्यकता पर्छ ।

यसै आवश्यकतालाई ख्याल गर्दै फेसबुकले एजुकेटर हब सञ्चालनमा ल्याएको हो । फेसबुकले यो फिचर आफ्नो ब्लगमा उपलब्ध गराएको छ ।

यसमा अध्ययन अध्यापनका लागि विभिन्न सामग्री राखिएका छन् । जसले विद्यार्थी र शिक्षकलाई एक आपसमा जोड्न मद्दत गर्ने छ ।

यो प्लेटर्फमको उद्देश्य कोरोना महामारीले विद्यार्थी र शिक्षकमा पारेको असरको अध्ययन गर्नु समेत रहेको उल्लेख छ । त्यसैले यसमा मानसिक स्वास्थ्य सम्बन्धी छुट्टै कोर्ष समेत उपलब्ध गराइएको छ ।

जसको मद्दतबाट शिक्षकले अहिलको अवस्थामा विभन्नि चुनौती भोगिरहेका विद्यार्थीलाई आवश्यकताअनुसार अध्यापन गराउन सक्नेछन् । उक्त हबमा जातीय विभेदलाई कम गर्ने खालका कन्टेन्ट समेत राखिएका छन् ।

फेसबुकको एजुकेटर हबमार्फत आपसमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।

एजेन्सीकाे सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३