close

भारतीय फेसन ब्रान्ड मिन्ट्राका सामग्री अब सस्तो डिलमा

टेकपाना टेकपाना

भदौ ५, २०७७ २१:४३

भारतीय फेसन  ब्रान्ड मिन्ट्राका सामग्री अब सस्तो डिलमा

काठमाडौं । नेपाली ई–कमर्स कम्पनी सस्तोडिल र भारतको प्रशिद्ध फेसन ब्राण्ड मिन्ट्राबीच रणनीतिक साझेदारी भएको छ । यससँगै सस्तोडिलले नेपालमा मिन्ट्रा फेशन ब्रान्डका सामानहरुको बिक्री वितरण तथा बजारीकरण गर्ने छ ।

सस्तो डिलका संस्थापक तथा सीईओ अमन थापाका अनुसार पहिलो चरणमा अगस्टको मध्यदेखि मिन्ट्रा फेसन ब्राण्डका सामानहरु नेपालमा सार्वजनिक हुनेछन् । अब सस्तोडिलमार्फत मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा पाउन सकिने बताइएकाे छ ।

मिन्ट्रा फेसन ब्राण्डका उत्पादनहरू सस्तोडिलमा सहजलैसँग उपलब्ध हुनेछन् । त्यसैगरी सस्तोडिलबाट बिक्री गरिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी उपलब्ध गराइने थापको भनाई छ ।

मिन्ट्रा फेसन ब्रान्डका प्रमुख मनोहर कामथले सस्तोडिल जस्तो नेपालको अग्रणी ई–कमर्स कम्पनीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

‘यस क्षेत्रमा फेसनको प्राथमिकता र अनलाइन शपिङ बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले अन्तर्राष्ट्रिय ग्राहकहरूको क्षेत्र विस्तार गर्दै नयाँ बजारहरूमा प्रवेश गर्नुपर्ने हुन्छ । सस्तोडिलको पहुँच र लोकप्रियतालाई ध्यानमा राख्दै हाम्रा अफरहरु चाँडै नै नेपाली जनतामाझ लोकप्रिय हुने आशा छ।’

सस्तोडिलले समयअनुसार नयाँ डिजाइनहरू ल्याउने योजना बनाएको छ । जसले नेपाली फेसन उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्ने बताइएको छ ।

सस्तोडिलका अध्यक्ष प्रतीक जलानले यो सहकार्यले ई–कमर्सको क्षेत्रमा एक गेम चेञ्जरको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३