close

डुअल रियर क्यामेरा भएको एलजी ‘के थर्टी वान’ सार्वजनिक, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

भदौ ७, २०७७ ९:१

डुअल रियर क्यामेरा भएको एलजी ‘के थर्टी वान’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । एलजीले बजारमा नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले के सिरिज अन्तर्गत एन्ट्री लेभलको फोन के३१ अमेरिकामा सार्वजनिक गरेको हो ।

यो फोन अहिले एलजीको वेबसाइटमा उपलब्ध छ । यो फोनको मूल्य १४९.९९ डलर (१८ हजार ६८ रुपैयाँ) रहेको छ ।

यस स्मार्टफोनमा २ जीबी र्‍यामसाथ मेडियाटेक हेलियो पी२२ अक्टाकोर प्रोसेसर रहेको छ । त्यस्तै इन्टर्नल मेमोरी ३२ जीबी रहेको छ जुन एसडी कार्डको मद्दतले बढाउन सकिन्छ ।

एलजी के३१ म ३ हजार एमएएचको ब्याट्री रहेको छ । यसले ११ घण्टासम्मको टकटाइम दिने दाबी कम्पनीले गरेकाे छ ।

एन्ड्रोइड १० अपरेटिङ सिस्टममा चल्ने यो फोनमा ६० हर्ज रिफ्रेस रेटका साथ ५.७ इन्च एचडी प्लस (७२० बाई १५२० पिक्सल) फुल भिजन डिस्प्ले रहेको छ । एलजी के३१ मा फोटोग्राफीका लागि डुअल रियर क्यामेरा सेटअप रहेको छ ।

यसको प्राइमेरी क्यामेरा १३ मेगापिक्सलेको रहेको छ भने अर्को पाँच मेगापिक्सेलको अल्ट्रा वाईड एङ्गल क्यामेरा रहेको छ । साथमा सेल्फीका लागि ५ मेगापिक्सलेको क्यामेरा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३