close

ट्रम्प प्रशासनविरुद्द टिकटकले कानूनी लडाईं लड्ने

टेकपाना टेकपाना

भदौ ७, २०७७ १०:४०

ट्रम्प प्रशासनविरुद्द टिकटकले कानूनी लडाईं लड्ने

काठमाडौं । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकले ट्रम्प प्रशासनको कार्यकारी आदेश विरुद्ध अदालतमा कानूनी लडाईं लड्ने बताएको छ ।

राष्ट्रिय सुरक्षामा जोखिम ल्याएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाएका छन् ।

गत अगस्ट ६ मा राष्ट्रपति ट्रम्पले ४५ दिनभित्र टिकटकको बिजनेश ध्वस्त पार्न वा अमेरिकी कम्पनीलाई बिजनेश सुम्पिन यसको प्यारेन्ट कम्पनी बाइटडान्सलाई आदेश जारी गरेका थिए ।

अगस्ट १५ मा यो सीमा थपेर ट्रम्पले ९० दिन पुर्‍याएका थिए ।

टिकटकले ट्रम्प प्रशासनको अगस्ट ६ को आदेशविरुद्ध कानूनी चुनौती दिने बताउँदै आफूले कुनै प्रयोगकर्ताको सूचना दूरुपयोग नगरेको र अमेरिकाको राष्ट्रिय सुरक्षामाथि आफ्नोतर्फबाट कुनै खतरा पैदा नभएको बताएकाे छ ।

टिकटकले भनेको छ, ‘कानून जीवितै छ भनेर सुनिश्चित गर्न र हाम्रो कम्पनीले प्रयोगकर्ताहरुलाई उचित सेवा दिएको प्रमाणित गर्न उक्त कार्यकारी आदेशलाई हामीलाई न्याय प्रणालीबाट चुनौती दिन अत्यावश्यक छ।’

यद्यपि टिकटकले ट्रम्प प्रशासन विरुद्द कहाँको अदालत जाने भनेर स्पस्ट जानकारी दिएको छैन ।

याे पनि पढ्नुहाेस् : टिकटकसँग किन डराइरहेकाे छ अमेरिका ?

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३