close

ओप्पोलाई फाइन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन अवार्ड प्रदान

टेकपाना टेकपाना

भदौ ७, २०७७ १७:१

ओप्पोलाई फाइन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन अवार्ड प्रदान

काठमाडौं । यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओप्पो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०-२०२१’ अवार्ड प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर ईलेक्ट्रोनिक्स म्यागेजिनहरुको एक समुह हो ।

ईआईएसले उल्लेख गरेको छ, ‘ओप्पोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा आकर्षक डिजाइनको प्रयोग गरिएको छ । टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझ विशेष छ । प्रिमियम प्रतिस्पर्धाभन्दा धेरैमाथि यो ओप्पाेको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो ’, ईआईएसएले उल्लेख गरेको छ ।

ईआईएसएद्वारा पहिलोपटक ओप्पो फाइन्ड एक्सटू प्रोका लागि यो अवार्ड प्रदान गरिएको हो ।

ओप्पो फाइन्ड एक्सटू प्रोमा १२०एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी+ एमोलेड स्क्रिन जडान गरिएको छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणालीपनि उपलब्ध गरिएको छ ।

यसमा फ्ल्यागशिप क्वालकम(आर) स्न्यापड्रागन(टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्यापड्रागन(टीएम) एक्स५५ फाइभजी मोडेम(आरएफ प्रणाली प्रया्ग गरिएको छ ।

साथै ओप्पोद्वारा डिजाइन तथा विकास गरिएको ६५वाट सुपरभोक २.० फ्ल्याश चार्ज प्रयोग गरिएको छ ।

विगत ४० वर्षदेखि ईआईएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ ।

२९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन-कार र मोबाइल ईलेक्टोनिक्स म्यागेजिन र वेबसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३