close

अनलाइनमार्फत लाभग्राहीको बैंक खातामा भुक्तानी दिँदै नागरिक लगानी कोष

टेकपाना टेकपाना

भदौ ८, २०७७ ९:२३

अनलाइनमार्फत लाभग्राहीको बैंक खातामा भुक्तानी दिँदै नागरिक लगानी कोष

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई उपादान तथा अन्य सुविधा अनलाइनबाटै भुक्तानी दिने भएको छ ।

कोषले नेपाल क्लियरिङ हाउस अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सिस्टम इन्टिग्रेट गरी कुमारी बैंकमार्फत अनलाइन भुक्तानीको व्यवस्था मिलाइएको हो ।

एनसीएचएलमा एनपीआई सदस्यको रुपमा आवद्ध भएको कोषले एनसीएचएलको आईपीएस तथा कनेक्ट आईपीएस भुक्तानी प्रणालीमा पहुँच प्राप्त गरेको छ । यसमार्फत नागरिक लगानी कोषले एनसीएचएलमा आवद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थामा रहेको लाभग्राहीको बैंक खातामा सोझै रकम ट्रान्सफर गर्न सक्नेछ ।

कनेक्ट आईपीएसमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध रहेका छन् । अनलाइन भुक्तानी प्रणालीबाट कोभिडको महामारीको समयमा समेत लाभग्राहीलाई सहजै उपदान लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३