close

टेस्लाका एसी अब नेपालमै एसेम्बल हुने, नयाँ मोडलमा नेपाली सम्पदा अंकित

टेकपाना टेकपाना

भदौ ८, २०७७ १३:४४

टेस्लाका एसी अब नेपालमै एसेम्बल हुने, नयाँ मोडलमा नेपाली सम्पदा अंकित

काठमाडौं । नेपाली इलेक्ट्रोनिक ब्राण्डका रुपमा परिचित टेस्ला एयर कन्डिसनर (फिलर) ले बजारमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । कम्पनीले चीन र मलेसियामा एसेम्बल गरिका एसी केही दिनभित्र नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो ।

टेस्लाका नयाँ एसीमा धरहरा, कृष्ण मन्दीर, स्वयम्भुनाथ स्तुपा लगायतका प्रशिद्ध नेपाली सम्पदाका चित्र कोरिएका छन् । जसले टेस्ला नेपाली ब्रान्ड हो भन्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

लामो समयदेखि आयात निर्यातको काम गरिरहेको भू लक्ष्मी ग्रुप प्रालिले नै टेस्ला ब्राण्डका एसीको उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीका सीईओ किरण आचार्यले बताए ।

यसैबीच टेस्लाले निकट भविष्यमै आफ्ना उत्पादनको एसेम्बल नेपालमै गर्ने तयारी समेत अगाडि बढाएको छ । यसका लागि चितवनमा एसेम्बल प्लान्ट बनाइँदै छ ।

टेस्ला ब्राण्डकाे ट्रेडमार्क लिएर चितवनमा एसेम्बलिङ प्लान्ट तयार पार्न लाग‍िएको जानकारी दिँदै सीईओ आचार्यले भने, ‘फ्याक्ट्री बनिरहेको छ । कोभिडका कारण सञ्चालनमा आउन एक वर्ष जति लाग्न सक्छ ।’

लकडाउनका कारण मलेसियाबाट प्राविधिकहरु झिकाउन नपाउँदा प्लाण्ट निर्माणको काम केही ढिलो हुन पुगेको उनको भनाई छ ।

भू लक्ष्मी ग्रुप प्रालि आईएसओ ९००१:२०१५ गुणस्तरको मान्यता समेत प्राप्त गरिसकेको छ । आफ्ना एसीमा विश्व बजारका स्तरीय एयर कन्डिसनरसँग प्रतिस्पर्धा गर्ने स्तरको गुणस्तर भएको दाबी गर्दै कम्पनीले सम्पदा अंकित डिजाइनले नेपाली ब्राण्ड हुनुको गर्व बढाउने विश्वास लिइएको छ ।

नेपाली बजारमा चार वर्षदेखि एसी ल्याउन थालेको भूलक्ष्मी ग्रुप प्रालिका २८ जिल्लामा आफ्नो वितरण सञ्जाल तयार पारिसकेको छ । टेस्ला एसीका लागि एन्ड्रोइड र आईओएस दुवैका लागि मोबाइल एप समेत तयार पारिएको छ ।

ऊर्जामैत्री उत्पादन

यसमा ऊर्जा खपतको अनुपात ३:५३ रहेको छ । जसले यो एसीलाई ऊर्जामैत्री बनाएको छ। ऊर्जामैत्री भएका कारण बिजुलीको खपत कम हुने र खर्च समेत कम हुने बताइएको छ।

टर्बो मोडल

यसमा पुराना मोडलका एसीहरुमा जस्तो कोठाको तापक्रम ठीक बनाउन केही समय कुर्नुपर्ने समस्या नरहेको दाबी गरिएको छ । टर्बो मोडलमा निर्माण गरिएकोले यसले कोठाको तापक्रमलाई तुरुन्तै ठीक पार्ने गर्दछ ।

कोठाको तापक्रम अनुसार स्वचालित

एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउँछ । त्यसपछि यो एसीले कोठाको परिवर्तित तापक्रमअनुसार आफैँ काम गर्न थाल्छ । त्यसैले म्यानुअल्ली एसी मिलाउनुपर्ने झन्झटबाट यसले छुटकारा दिलाउनेछ ।

पूर्ण तामाको तार प्रयोग गरिएको

यो नयाँ एसीमा शतप्रतिशत रुपमा तामाको तार प्रयोग गरीएको छ । जसले गर्दा यसको चिस्याउने र तापमान बढाउने क्षमता उच्च बनाएको छ ।

तामाको तारको प्रयोग तुलनात्मक रुपमा महङ्गो भएपनि दीर्घकालीन प्रयोग र उच्च गुणस्तरका हिसावले यो उत्तम विकल्प हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३