close

अब डिशहोमको सेवामा १० दिनको उधारो, यसरी लिनुहोस् सुविधा

टेकपाना टेकपाना

भदौ ८, २०७७ १४:१६

अब डिशहोमको सेवामा १० दिनको उधारो, यसरी लिनुहोस् सुविधा

काठमाडौं । डिश मिडिया नेटवर्कको डिशहोम क्रेडिट सर्भिस अब १० दिनसम्म प्रयोग गर्न पाइने भएको छ । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक कम्पनीको रुपमा रहेको डिशहोमले कोभिडको अप्ठ्यारोमा सहजताका लागि यस्तो सुविधा ल्याएको हो ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्ने बचनवद्धता अनुरुप आफ्ना ग्राहकहरुलाई सधैं थप सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई ब्यालेन्स समाप्त भइसकेपछिको पाँच दिनसम्म म्याद थपकोो सुविधा दिँदै आएको थियो ।

कम्पनीले अब उक्त उक्त सेवाको म्याद थप गरि १० दिन पुर्‍याएको हो । यो सेवामार्फत कम्पनीका ग्राहकले एकपटक खरिद गरेको नियमित सेवाको अवधि समाप्त भएपछिको १० दश दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् ।

यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ । यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडलमार्फत् संचालित हुनेछ ।

यो सुविधा वापत डिशहोमका ग्राहकले कुनै प्रकारको अतिरिक्त व्ययभार समेत व्यहोर्नु नपर्ने बताइएको छ ।

कसरी लिने डिशहोमको उधारो ?

डिशहोम क्रेडिट सर्भिस लिनका लागि मोबाइलको म्यासेज बक्समा गई गएर ‘CREDIT CustomerID’ टाईप गरी ३२५०० मा म्यासेज पठाउनुहोस् । १० दिनको क्रेडिट (उधारो) प्राप्त भएको जानकारी तपाइले मोबाइलमै पाउनुहुनेछ ।

साथै मिसकल गरेर समेत यो सेवा लिन सकिनेछ । त्यसका लागि ९८०१११२२३३ मा मिसकल गरे पुग्छ । यसरी तपाईंले ब्यालेन्स सकिएको अवस्थामा समेत डिशहोमको सेवा सुचारु राख्न सक्नुहुनेछ ।

ग्राहकहरुलाई व्यवधान रहित रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा ल्याइएको डिशहोमले जनाएको छ । ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नका लागि ग्रेस (सुविधा) अवधिको रुपमा यो सुविधा पाउनेछन् ।

यस प्रकारको सेवाबाट विशेष गरी तत्काल रिचार्ज गर्न समस्या हुन सक्ने ग्रामीण भेगका ग्राहकहरु बढी लाभान्वीत हुने कम्पनीको विश्वास छ । यो सेवाका कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने गर्दछ ।

जसले गर्दा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । डिशहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो, जुन ग्राहकहरुको सहजता अनुरुप डिशहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिशहोम मोबाइल एपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।

नेपालकै सबैभन्दा टेलिभिजन वितरकको रुपमा रहेको डिशहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३