close

अमेरिकासहित चार देशमा रहेका नेपालीले अब वायरबर्लीबाट रकम पठाउन सक्ने

टेकपाना टेकपाना

भदौ ८, २०७७ १६:४

अमेरिकासहित चार देशमा रहेका नेपालीले अब वायरबर्लीबाट रकम पठाउन सक्ने

काठमाडौं । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबर्लीबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ ।

यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका, न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायरबर्लीको मोबाइल एपका साथमा वेबसाइट प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

वायरबर्लीको मोबाइल एप गूगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । वायरबर्लीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ ।

वायरबर्लीमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिट्यान्स सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंकले वायरबर्लीसँगको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यसअघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा रेमिट्यान्स प्रदायक कम्पनीहरुसँग सम्झौता गरि कारोबार गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३