close

आईफोनमा यसरी जोगाउनुहोस् आफ्नो गोपनीयता

टेकपाना टेकपाना

भदौ ८, २०७७ १७:५६

आईफोनमा यसरी जोगाउनुहोस् आफ्नो गोपनीयता

काठमाडौं । अधिकांश समय इन्टरनेटमा बिताउनेहरुको लागि गोपनीयतालाई व्यवस्थापन गर्न निकै नै जटिल हुन्छ । हामीले प्रयोग गर्ने एपहरुले हाम्रो लेकेसनलाई ट्रयाक गरिरहेको हुन्छ । अनि हामीले प्रयोग गर्ने डिभाइसलाई हाम्रो बारेमा धेरै संवेदनशील र गोप्य कुराहरुको जानकारी हुन्छ । 

तर आईओएस १३ आएसँगै अब एप्पल डिभाइसहरुमा गोपनीयतालाई व्यवस्थापन गर्न निकै सजिलो भएको छ । 

एप्पलको ‘पर्सनल प्राइभेसी ओभरभ्यू’ कसरी पाउने ?

आफ्नो आईओएस डिभाइसलाई अडिट गर्नुअघि सबैभन्दा पहिले  एप्पलको पर्सनल प्राइभेसी पेज मा जानुहोस् । यसमा एप्पल कम्पनीले तपाईंको बारेमा के-के विवरणहरु संकलन गरेको छ भनेर देख्न सक्नुहुन्छ ।

त्यहाँ आफ्नो पर्सनल डेटाको कपीको लागि अनुराेध गर्न सक्नुहुन्छ । आफ्नो डेटालाई तोडमोड गर्नुका साथै अन्य गोपनीयतासम्बन्धी कामहरु गर्न सक्नुहुन्छ । यो पोर्टललाई बुकमार्क गर्नुहोस्, ताकि तपाईंले आफ्नो डेटालाई नियमित रुपमा अडिट गर्न सक्नुहोस् । 

आईओएस १३ सेटिङ एपको प्राइभेसी पेजमा कसरी एक्सेस पाउने ?

सबैभन्दा पहिले आईओएस डिभाइसको सेटिङ एप खोल्नुहोस् । त्यहाँ प्राइभेसी अप्सन नदेखिँदासम्म तलतिर स्क्रोल गर्नुहाेस् । त्यसलाई ट्याप गरिसकेपछि तपाईं प्राइभेसी स्क्रीनमा पुग्न सक्नुहुन्छ ।

आईओएस डिभाइसले तपाईंको बारेमा कुन-कुन विवरण तथा डेटा राखेको छ, त्यहाँ देख्न सक्नुहुन्छ । तीमध्ये एउटा क्याटेगोरीमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले सबै एपहरुको सूची देख्न सक्नुहुन्छ । ती सबै डेटामा तीनै एपहरुले एक्सेस पाएका हुन्छन् । 

यो सूचीमा प्रयोग नगर्ने एपहरु खोज्नुहोस् । ती एपलाई डेटा एक्सेस नदिन बटमलाई दायाँतिर सार्नुहोस् । 

आईओएस १३ मा लोकेसन डेटालाई शेयर गर्न कसरी रोक्ने ?

प्राइभेसी पेजबाट लोकेसन सर्भिस खोल्नुहोस् । कुनै एपलाई लोकेसन एक्सेसको आवश्यकता पर्दैन । त्यस्ता एपहरु पनि डिभाइसमा हुनसक्छ । आफ्नो लोकेसनमा एक्सेस दिन वा रोक्न तपाईंले ती प्रत्येक एपको सेटिङसमेत मिलाउन सक्नुहुन्छ ।

यसरी सेटिङ मिलाएपछि तपाईले जबसम्म त्यसलाई अनुमति दिनुहुन्न तबसम्म एपले तपाईंको लोकेसनमा एक्सेस पाउन सक्दैन । आईओएस १३ मा लोकेसन डेटाको लागि आग्रह गर्ने एपको छेउमा सानो झण्डा देख्न सकिन्छ । त्यस्ता एपलाई ध्यान दिएर हेर्नुहोस् । 

साथै तपाईंले लोकेसन सर्भिस पेजमा गएर शेयर माई लोकेसन’ अप्सनलाई टर्न अन र अफ गर्न सक्नुहुन्छ । साथै तपाईं कता हुनुहुन्छ भनेर आफ्नो परिवारको सदस्यलाई जानकारी दिन फाइण्ड माई आइफोन’ अप्सनलाई अन वा अफ गर्न सक्नुहुन्छ । 

तपाईंको आईओएस डिभाइसको कुन-कुन डेटा एप्पलले संकलन गरिरहेको छ ? त्यसलाई नियन्त्रण गर्न के गर्ने ?

एप्पलले आईओएस, सिरी र एप्पलका अन्य सेवालाई सुधार गर्न आईफोन र आईप्याडमा प्रयाेग भएकाे डेटालाई संकलन गर्दछ । यदि तपाईंले आफ्नो डिभाइसमा त्यस्तो अप्सनलाई अन गर्नुभयो भने डिभाइसले आफैँ एप्पललाई डेटा सारिदिन्छ । 

आईओएसको प्राइभेसी पेजबाट एप्पलमा शेयर हुने कुरालाई नियन्त्रण गर्नुहोस् । यसका लागि तलसम्म स्क्रोल गर्नुहोस् ।

त्यसपछि एनालिटिक्स एण्ड इम्प्रुभमेन्ट’मा ट्याप गरेर तपाईं के शेयर गर्दै हुनुहुन्छ भनेर हेर्नुहोस् । नियन्त्रण गर्न तपाईंले टोगललाई अन र अफ गर्न सक्नुहुन्छ । 

आईओएस एपमा विज्ञापनलाई यसरी ब्लक गर्नुहोस्

एप्पलले तपाईंका यी डेटाहरुलाई सधै विज्ञापनदाताहरुसँग शेयर गर्दछ, ताकि उनीहरुले तपाईंको स्वाद र रुचीलाई थाहा पाएर आफ्नो उत्पादन बिकाउन सकुन् । यदि तपाईंलाई यी विज्ञापनहरुसँग झन्झट लाग्छ भने एप्पलको प्राइभेसी पेजमा गएर यस्ता कस्टमाइज एड फिडलाई रोक्न सक्नुहुन्छ । 

प्राइभेसी पेजको तल रहेको एडभर्टाइजिङलाई ट्याप गर्नुहोस् । त्यहाँ लिमिट एड ट्रयाकिङ’ अप्सनलाई टोगल गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो पर्सनल एड डेटालाई मेटाउनसमेत सक्नुहुन्छ । 

कुन एपले आईओएस डिभाइसमा एक्सेस पाउँछ भनेर कसरी निर्धारण गर्ने ?

सेटिङ एपको मेन स्क्रीनमा तपाईंको आईओएस डिभाइसमा इन्स्टल भएका थर्ड पार्टी एपहरुको सूची देख्न सकिन्छ ।

त्यहाँ एउटा एपमा ट्याप गर्नुभयो भने त्यसले एक्सेस पाउने सबै कुराहरु देख्न सकिन्छ । त्यहाँबाट नोटिफिकेसन, लोकेसन, डेटा एक्सेसजस्ता धेरै कुराहरु परिवर्तन गर्न सक्नुहुन्छ ।

लक फोनबाट संवेदनशील डेटा कसरी लुकाउने ?

तपाईंले प्राइभेसी सेटिङलाई नमिलाएसम्म तपाईंको बन्द फोनमा आएका हरेक नोटफिकेसनलाई अरुले पनि देख्नसक्छन् । सेटिङ एपको मेन स्क्रीनमा आउने नोटिफिकेसनलाई ट्याप गर्नुहोस् र सो प्रिभ्यूलाई हेर्नुहाेस्  ।

यति गरिसकेपछि तपाईंले फोन अनलक नगरेसम्म नोटिफिकेसनमा आएका कुराहरु तपाईंले देख्न सक्नुहुने छैन । यसबाहेक तपाईंले लक स्क्रीन नोटिफिकेसनलाई  पूर्णरुपमा टोगलबाट अफ गर्न सक्नुहुन्छ । 

एप्पलको प्राइभेसी फिचरको बारेमा अझ धेरै थाहा पाउनुहोस् 

एप्पलको वेबसाइटमा रहेको एप्पलको प्राइभेसी कन्ट्रोल ओभरभ्यू पेजले तपाईंको डिभाइसलाई सुरक्षित राख्न धेरै डेटा र जानकारीहरुलाई नियन्त्रण गर्दछ । यसबाट तपाईंले फेस आइडी इनेबल गर्नेदेखि टू फ्याक्टर अथेन्टिकेसनलाई समेत टर्न अन गर्न सक्नुहुन्छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३