close

बेरोजगारलाई अप्लाई जबले जागिर मिलाइदिने

टेकपाना टेकपाना

भदौ ९, २०७७ १६:४९

बेरोजगारलाई अप्लाई जबले जागिर मिलाइदिने

काठमाडौं । रोजगारीका लागि विश्वव्यापी प्लेटफर्म बन्ने उद्देश्यसहित अप्लाई जब प्रालिले अप्लाई जब डटकम सञ्चालनमा ल्याएकाे छ । विश्वभरका बेरोजगार मानिस तथा रोजगारदाता कम्पनीहरुले अप्लाई जबको सिस्टमा एक्सेस गरेर परस्पर सेवाको लेनदेन गर्न सक्छन् । 

अप्लाई जबमा बेरोजगार व्यक्तिदेखि रोजगारदाता कर्पोरेट कम्पनीहरुले एकअर्कोसँग सम्पर्क गर्न प्रोफेसनल सोसल मिडिया प्लेटफर्म रहेको छ ।

राेजगारीको अवसर खोजी गर्ने व्यक्तिहरुले कम्पनीको आधिकारिक वेबपेज अप्लाइ जब डटकममा लगईन गरी सोहीमार्फत आफनो बायोडाटा तयार गरी सोको विवरण तथा उक्त सिस्टममा उपलब्ध सेवाअनुसार भिडियोमार्फत पनि व्यत्तिगत विवरण अपलोड गर्न सक्छन् । 

यसका साथै व्यवसायिक सामाजिक सञ्जालको रुपमा समेत रहेकोले रोजगारदाता कम्पनी तथा प्रयोगकर्ताले सशुल्क वा निःशुल्क आफना व्यवसायिक वा पेशागत विज्ञापन गरी फाइदा लिनसक्ने कम्पनीका सहसंस्थापक दिनेशसिंह कुँवरले बताउँछन् ।

कम्पनीको वेब पोर्टलबाहेक एन्ड्रोइड र आईओएस दुवैमा मोबाइल एपसमेत रहेको छ ।  

अप्लाइ जब डटकम नेपालबाट शुरुवात भएपनि यसले विश्वका विभिन्न देशहरु भारत, अमेरिका, अष्ट्रेलिया, श्रीलंका, माल्दिभ्स, मलेशियालगायत आठ देशबाट सेवा सुचारु गर्न सबै प्रक्रिया पुरा गरिसकिएको छ ।

साथै आगामी दुई वर्षभित्रमा विश्वका करिब ५० भन्दा बढी देशमा सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । साथै थप सेवाको रुपमा एचआरएम, सिआरएम र क्लाउड कम्प्यूटिङ्ग सफ्टवेयर सेवा विस्तार गर्दै जाने बताएको छ ।

नेपालबाट विकसित भई विश्व बजारमा समेत छुट्टै स्थान बनाउने उद्देश्यले सञ्चालित रोजगारीमूलक सामाजिक सञ्जाल अप्लाइ जब डटकमले कामको लागि विदेशिएका र विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य राखेकाे छ ।

स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी आगामी दुई वर्षमा १५ हजारभन्दा बढीलाई रोजगारी दिलाउने तथा आफनो सञ्जाल प्रयोग गरेबापत वैदेशिक आम्दानी भित्र्याई समृद्द नेपाल निर्माणमा टेवा पुर्‍याउने लक्ष्य कम्पनीकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३