close

अब विण्डोज टेनमा फेरिनेछ कपी एण्ड पेस्ट फिचर

टेकपाना टेकपाना

भदौ ९, २०७७ २१:५७

अब विण्डोज टेनमा फेरिनेछ कपी एण्ड पेस्ट फिचर

काठमाडौं । माइक्रोसफ्टले आफ्नो फ्ल्यागशिप वेब ब्राउजर एजमा नयाँ फिचर ल्याएको छ । अब यसले एजमा लिंकलाई कपी र पेस्ट गर्ने तरिकामा परिवर्तन आउनेछ । 

यो नयाँ लिंक फर्म्याट फिचर विण्डको टेनको नयाँ अपडेटमा आउनेछ । नयाँ फिचर अन्तर्गत एड्रेस बारबाट कपी गरेको यूआरएललाई लिंकको रुपमा वा प्लेन अर्थात् सादा टेक्स्टमा पेस्ट गर्ने दुई विकल्प रहनेछन् । 

यूआरएललाई सामान्य लिंक फर्म्याटमा पेस्ट गर्न प्रयोगकर्ताले कन्ट्रोल प्लस भी कमाण्ड नै थिच्नु पर्नेछ । तर यूआरएललाई सादा टेक्स्टको रुपमा मात्र पेस्ट गर्न कन्ट्रोल प्लस सिफ्ट प्लस भी थिच्नु पर्ने हुन्छ । यसबाहेक एजको सेटिङ प्यानलबाट नयाँ फिचरलाई डिफल्ट अप्सनको रुपमा राख्न समेत सकिनेछ । 

हाल यो लिंक फर्म्याट अप्सनले वेब ब्राउजरको एड्रेस बारबाट कपी गरेका यूआरएलमा मात्र कम गर्छ । तर माइक्रोसफ्टले ईन पेज लिंकमा समेत यो फिचर विस्तार गर्न आवश्यक काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३