close

‘अल्ट्रा थिन’ डिजाइनमा एफ सेभेन्टिन स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

टेकपाना टेकपाना

भदौ १०, २०७७ १८:३५

‘अल्ट्रा थिन’ डिजाइनमा एफ सेभेन्टिन स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

काठमाडौं । यदि तपाईंलाई आफ्नो स्मार्टफोन गहौं र मोटो भएको कुरामा गुनासो छ भने ओप्पोको आउँदै गरेको स्मार्टफोन तपाईंका लागि एउटा विकल्प हुनसक्छ । जसलाई बजारमा रहेका फोनको तुलनामा निकै पातलो हुनेछ छ ।

ओप्पोले सार्वजनिक गरेको डिजरमा यो फोन ७.४८ एमएमको अल्ट्रा थिन डिजाइनमा आउनेछ । यो फोन ओप्पो एफ सेभेन्टिन प्रो र ओप्पो एफ सेभेन्टिनको नाममा बजारमा आउने तयारीमा छ ।

आउँदो सेप्टेम्बरमा अनलाइन इभेन्टमार्फत भारतमा सार्वजनिक हुने यो फोनको सुरुवाती मूल्य ४० हजार रुपैयाँ हुने बताइएको छ । यस्तो छ संभावित फिचर  ओप्पोको यो नयाँ फोन ६.४३ इञ्चको एमोलेड डिस्प्लेका साथ आउने बताइएको छ । यसबाहेक यो फोनको डिजाइन राउण्ड हुनेछ । यो फोनको तौल केवल १६४ ग्राम रहेको छ ।

भिडियो टीजरमा उल्लेख भए अनुसार यो फोनमा पञ्चहोल डिस्प्ले र डुअल सेल्फी क्यामेरा  हुनेछ । यस्तै पछाडि भागमा चारवटा क्यामेराको सेटअप देख्न सकिनेछ । यो फोन विभिन्न कलर भेरियन्टमा आउनेछ ।

फोनमा ३० वाटको भोक फ्ल्याश चार्ज ४.० को सपोर्ट दिइनेछ । साथै यसमा ईन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर समेत रहनेछ । अहिलेसम्म बाहिरिएको जानकारीअनुसार ओप्पो एफ सेभेन्टिन प्रो मिडियाटेक हेलियो पी ९५ प्रोसेसर सहित बजारमा आउनेछ ।

यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । साथमा आठ मेगापिक्सेलको एउटा र दुई मेगापिक्सेलका दुई वटा लेन्स हुनेछन् । सेल्फीका लागि दुई मेगापिक्सेलको डेप्थ सेन्सर सहित यो फोनमा १६ मेगापिक्सेलको लेन्स रहनेछ ।

फोनमा चार हजार एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ । ओप्पो एफ सेभेन्टिनको स्फेसिफिकेसनः अर्कोतर्फ एप्पो एफ सेभेन्टिनमा ६.४४ इञ्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहनेछ । जसमा वाटर ड्रप नोच हुनेछ ।

यसमा भी क्वाडकोर क्यामेरा सेटअप देख्न सकिनेछ । जसमा मुख्य लेन्स १६ मेगापिक्सेल र अर्को आठ मेगापिक्सेलको हुनेछ । अन्य दुई लेन्सको बारेमा हालसम्म कुनै स्पष्ट जानकारी बाहिर आइसकेको छैन ।

यो फोनमा अगाडि भागमा दुई वटा लेन्स हुनेछन् । जसमा एउटा १६ मेगापिक्सेल र अर्को आठ मेगापिक्सेलको हुनेछ । यसमा क्वालकमको स्नापड्रागन ६६२ प्रोसेर, ६ जीबीको र्‍याम र १२८ जीबीको स्टोरेज प्राप्त हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३