close

१० हजार एमएएचको ब्याट्री र ८ जीबी र्‍याम भएको जियोनी एम थर्टी सार्वजनिक, मूल्य कति ?

टेकपाना टेकपाना

भदौ १०, २०७७ २०:१२

१० हजार एमएएचको ब्याट्री र ८ जीबी र्‍याम भएको जियोनी एम थर्टी सार्वजनिक, मूल्य कति ?

काठमाडाैं । यदि तपाईंलाई स्मार्टफोनमा चार हजारदेखि पाँच हजार एमएएच क्षमताको ब्याट्री पनि सानो लाग्छ भने यो तपाईंका लागि खुशीको खबर हुनसक्छ । बजारमा अब यस्तो एउटा स्मार्टफोन आएको छ, जसमा १० हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

सामान्यतया: कुनै ट्याब्लेटमा यति धेरै क्षमताकाे ब्याट्री हुने गर्दछ । तर अब जियोनीले अहिलेका अधिकांश स्मार्टफाेनकाे तुलनामा दाेब्बर क्षमताकाे ब्याट्री भएको जियोनी एम थर्टी बजारमा प्रस्तुत गरेको हो ।

जियोनी एम थर्टीको डिजाइन स्लिक छ र यसको बडीमा अल्मुनियमबाट बनेको फ्रेम राखिएको छ । यो फोनको ब्याट्रीसँगै २५ वाटको फास्ट चार्जरसमेत उपलब्ध हुनेछ ।

ठूलो ब्याट्री भएका कारण यसको तौल तीन सय पाँच ग्राम पुगेको छ । जियोनी एम थर्टीमा ६ इञ्चको आईपीएस एलसीडी एचडी प्लस डिस्प्ले राखिएको छ ।

यसबाहेक यो फोनममा सिंगल रियर क्यामेरा दिइएको छ, जुन १६ मेगापिक्सेलको छ । सेल्फीका लागि यसमा आठ मेगापिक्सेलको लेन्स राखिएको छ । फोनमा फिंगरप्रिन्ट सेन्सरसमेत रहेको छ ।

पर्फर्मेन्सको कुरा गर्दा यो फोनमा मेडियाटेक हेलियो पी ६० प्रोसेसर रहेको छ । फाेनमा आठ जीबी र्‍याम तथा १२८ जीबीको स्टोरेज क्षमता छ ।

फोनमा डुअल स्टेरियो स्पीकर, हेडफोन ज्याक र डुअल सीमको सपोर्टसमेत दिइएको छ । जियोनी एम थर्टीको मूल्य १३ सय ९९ यूआन अर्थात २४ हजार दुई सय ५० रुपैयाँ राखिएको छ ।

यसको बिक्री भने ३१ अगस्टपछि मात्र सुरु हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३