close

विद्यालयहरुमा एआई प्रविधि पुर्‍याउन फ्युजमसिनले ल्यायो आकर्षक आम्दानीको नयाँ अफर

टेकपाना टेकपाना

भदौ १०, २०७७ २०:४०

विद्यालयहरुमा एआई प्रविधि पुर्‍याउन फ्युजमसिनले ल्यायो आकर्षक आम्दानीको नयाँ अफर

फ्युज मसिनले नेपालका विद्यालयहरुमा अत्याधुनिक प्रविधि विस्तार गर्न नयाँ कार्यक्रम घोषणा गरेको छ । नेपालको नेतृत्वदायी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वौद्धिकताको क्षेत्रमा काम गर्दै आएको कम्पनी फ्युज मसिनले विद्यालहरुलाई लक्षित गर्दै पार्टनर प्रोग्राम घोषणा गरेको हो । 

कम्पनीले कोभिड महामारी सुरुभए लगत्तै अनलाइन कक्षामा सघाउने गरी एआई प्रविधिमा आधारित फ्युज क्लास रुम बजारमा ल्याएको थियो । हाल नेपाल, बेलायत, दक्षिण अफ्रिका लगायतका देशका शैक्षिक संस्थाहरुले फ्युज क्लासरुमको प्रविधि प्रयोग गरिरहेका छन् ।

सोही प्रविधि विश्वविद्यालय, क्याम्पस तथा विद्यालयहरुमा विस्तार गर्न कम्पनीले यो नयाँ स्किम सार्वजनिक गरेको हो । कम्पनीले यो स्किम यस अघि अन्य मुलुकहरुका लागि मात्रै लक्षित गरेको थियो ।

उत्साहपूर्ण रुपमा नयाँ कार्यक्रम घोषणा गरेको कम्पनीले इच्छुक व्यक्ति तथा संस्थाहरुलाई सहकार्यका लागि आग्रह समेत गरेको छ । यो कार्यक्रममार्फत फ्युज मसिनसँग जोडिने साझेदारहरुले आकर्षक रुपमा मासिक आम्दानी गर्न पाउनेछने । 

साथै विशेष बोनस, बिक्री भत्ताका साथै नेपाल र अमेरिकास्थित कार्यालयहरुको पूर्ण सहयोग समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । अनलाइन तथा ईमेलमार्फत विश्वव्यापी रुपमा विस्तारको लक्ष्य लिइएको फ्युज क्लासरुमको रिसेलर पार्टनर प्रोग्राममा सहभागी हुन सकिने बताइएको छ । 

यदि फ्युज क्लासरुमको यो कार्यक्रममा जोडिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर अनलाइनमार्फत तथा यहाँ क्लिक गरेर ईमेल पठाएर आवेदन दिनुपर्ने हुन्छ । 

यसका साथै ०१-४१६८५३० र ०१-४१६८७४४ मा फोन सम्पर्क गरेर तथा आर्यतारा बिजनेस कम्प्लेक्स कमलादी काठमाडौंमा पत्राचार गरेर समेत फ्युज क्लासरुमको रिसेलर पार्टनर प्रोग्राममा जोडिन सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३