close

युट्युवमा बन्यो अहिलेसम्मकै ठूलो रेकर्ड, जब पुरै विश्व बन्यो भिडियोको फ्यान

टेकपाना टेकपाना

भदौ १०, २०७७ २२:५

युट्युवमा बन्यो अहिलेसम्मकै ठूलो रेकर्ड, जब पुरै विश्व बन्यो भिडियोको फ्यान

काठमाडौं । यस्तो रेकर्ड दुर्लभ नै हुन्छ, गीत वा भिडियो युट्युवमा अपलोड गरेको पहिलो झट्कामै सारा विश्व त्यसको फ्यान बन्न पुगोस् । तर अब यो कुरा सत्य सावित भइसक्यो ।

युट्युवकै इतिहासमा यस्तो नयाँ रेकर्ड बनेको छ, जुन अहिलेसम्म कसैले कायम गर्न सकेको छैन । हो एक नयाँ भिडियो युट्युवमा अपलोड भएको छ ।

जसले अपलोड भएको पहिलो २४ घण्टामै यति धेरै भ्यूज पायो कि, त्यसैका कारण एक जबरजस्त नयाँ विश्व रेकर्ड बन्न पुग्यो । पक्कै पनि यो समाचार तपाईंले पढ्दा यसको भ्यूज अझै थपिएको हुनेछ ।

२४ घण्टामै १० करोड पटक हेरिने भिडियोको रेकर्ड

प्राप्त जानकारी अनुसार कोरियन पप ब्याण्ड बीटीएसले यो पछिल्लो ट्र्याक डाइनामाइटको म्यूजिक भिडियो युट्युवमा अपलाेड गरेको हो । विश्वभरका युवाहरुमाझ निकै लोकप्रिय भइरहेको के-पपको यो भिडियोले केवल २० घण्टाभित्र १० करोड भ्यूज बटुल्न सफल भएको अनौठो रेकर्ड कायम गरेको छ ।

बुधबार यो खबर लेखिरहँदा यो गीत २० करोड ८१ लाखभन्दा धेरै पटक हेरिसकिएको छ । यहाँनिर स्मरणीय कुरा के छ भने यस अघि युट्युवमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिएको भिडियोको रेकर्ड ब्ल्याक पिङ्कको नाममा रहेको थियो । जसको हाउ यू लाइक द्याट भिडियोले २४ घण्टामा आठ करोड ६३ लाख भ्यूज पाएको थियो ।

युवाहरुमाझ निकै लोकप्रिय छन् कोरियन पप गायक

सारा विश्वका युवामाझ कोरियन पप ब्याण्डहरु निकै लोकप्रिय छन् । यी कोरियन ब्याण्डका गीत युवाहरु निकै सुन्ने गर्छन् । जानकारहरुका अनुसार कोरियन पप ब्याण्ड बीटीएसको नयाँ गीत डायनामाइट हिट हुनु अघि नै यो संभावना देखाइरहेका थिए । यद्यपी केही दिन अघि मात्र यो गीतको एक टीजर भिडियो शेयर गरिएको थियो ।

युट्युवमा यो टीजरले समेत छ करोड २६ लाख भ्यूज पार गरिसकेको छ । गीतको भिडियोले २० करोड ८१ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । जुन विश्वका धेरै देशमा अहिले पनि नम्बर वान ट्रेन्डिमा चलिरहेको छ ।

यो समाचार तयार पार्दा नेपालमा समेत नम्बर वान ट्रेन्डिङमा रहेको यो गीतको भ्यूज तपाईंले पढ्दासम्म पक्कै पनि अझै थपिने नै छ ।

२०२० एमटीभी भिडियो म्युजिक अवार्डमा बीटीएसलाई टीभीमा पहिलोपटक डान्स नम्बर प्रस्तुत गर्दै गरेको देखिएको थियो । जुन यही ३० अगस्टमा अन एयर हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३