close

कनेक्ट आईपीएसमा अनलाइनबाटै बैंक खाता लिङ्क र भेरिफाई गर्न सकिने, एनबी बैंकबाट भयो सुरुवात

टेकपाना टेकपाना

भदौ ११, २०७७ १०:९

कनेक्ट आईपीएसमा अनलाइनबाटै बैंक खाता लिङ्क र भेरिफाई गर्न सकिने, एनबी बैंकबाट भयो सुरुवात

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकले कनेक्ट आईपीएसमा खाता लिङ्क गरी भेरीफाई गर्नेसम्मका सम्पूर्ण प्रकृयालाई स्वचालित अनलाइन प्रणालीबाटै गर्न सकिने बनाएको छ । यससँगै बैंकका ग्राहकहरुले अब अनलाइनबाटै कनेक्ट आईपीएसमा आफ्नो खाता भेरीफाई  गराउन सक्नेछन्  ।

यसका साथै बैंकको शाखा कार्यालयसम्म धाएर फारम बुझाएर भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ । बैंकका ग्राहकले कनेक्ट आईपीएसमा रहेको ‘लिङ्क अकाउण्ट’ भित्र गएर आफ्नो खाता लिङ्क गराइसकेपछि ‘सेल्फ भेरिफाई अकाउण्ट’मा क्लिक गर्नुपर्ने हुन्छ । यसरी आफ्नो खातालाई तपाईंले अनलाइनबाटै भेरीफाई गर्न सक्नुहुनेछ । 

यो प्रकृयामा ग्राहकको विवरण, ओटीप (वान टाइम पासवर्ड) र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसनको व्यवस्था मिलाइएको छ । 

नेपाल बङ्गलादेश बैंकबाट सुरुवात गरिएको यो व्यवस्थालाई अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा पनि चाँडै विस्तार गर्न आवश्यक तयारी भइरहेको कनेक्ट आईपीएसले जनाएको छ ।  

अनलाइनबाटै कनेक्ट आईपीएसमा खाता लिङ्क गर्न सकिने यस किसिमको सुविधाले हालको महामारीले निम्त्याएको लकडाउनको विषम परिस्थितिमा समेत ग्राहकले घरमै बसेर सहजै फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु अनलाइनबाटै गर्न सक्नेछन् । 

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसको वेबसाइट, यसको मोबाईल एप, सम्बन्धित बैंक तथा वित्तिय संस्थाको मोबाईल एवम् इन्टरनेट बैंकिङमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेबसाइटमा रहेको पेमेन्ट गेटवेको रुपमा जोडिएको कनेक्ट आईपीएसमार्फत् सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । 

बैंक खाताहरुलाई अनलाइनबाटै आपसमा जोड्ने गरी नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले करिब दुई वर्षदेखि कनेक्ट आईपीएसको सेवा सञ्चालनमा ल्याएको हो । हाल यसमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका खाताहरु आवद्ध भइसकेका छन् । 

कनेक्ट आईपीएसको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड स्मार्टफोनका लागि यहाँआईफोफोनका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३