close

वेबसाइटबाट डकुमेन्ट डाउनलोड नहुँदा सबै सरकारी खरिद प्रक्रिया नै स्थगित

टेकपाना टेकपाना

भदौ ११, २०७७ १३:५६

वेबसाइटबाट डकुमेन्ट डाउनलोड नहुँदा सबै सरकारी खरिद प्रक्रिया नै स्थगित

काठमाडौं । वेबसाइटबाट डकुमेन्ट डाउनलोड तथा अपलोड नहुँदा सबै सरकारी खरिद प्रक्रया नै प्रभावित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा समस्या उत्पन्न हुँदा यस किसिमको जटिलता उत्पन्न भएको हो । 

जसका कारण २४ देखि २८ साउनसम्म बोलपत्र तथा आशयपत्र खोलएका तर डकुमेन्ट डाउनलोड हुन नसकेको हकमा अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण खरिद प्रक्रिया नै स्थगन गरिएको छ । 

यस्तै साउन २४ देखि साउन २८ सम्म प्रणालीमा कागजात अपलोड गरेका तथा पेश गर्ने अन्तिम मिति बाँकी भएका सार्वजनिक निकायहरुलाई समेत पुनः प्रकाशित गर्न र पेश गर्ने तथा खोल्ने नयाँ मिति तय गर्न भनिएको छ । त्यसका लागि कार्यालयले सहजीकरण गरिदिने बचन दिएको छ । 

कार्यालयले साउन २४ देखि २८ सम्म विद्युतीय खरिद प्रणाली डकुमेन्ट अपलोड गरिसकेका बोलपत्रदाताहरुलाई पुनः कागजात अध्यावधिक गर्न भनेको छ । साथै उक्त अवधिमा बोलपत्र तथा आशयपत्र पेश गर्ने तयारी गरेका वा पेश गरिसकेका तर पेश गर्ने अन्तिम मिति बाँकी रहेका व्यक्तिहरुलाई आवश्यक संसोधन सहित पुनः पेश गर्ने मौका दिइएको छ ।

Image

४ भदौदेखि आएको समस्याका कारण त्यसबाट पुनः बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेश गर्ने तथा तयारी गर्ने कार्य प्रभावित भएपछि कार्यालयले म्याद थप गरेको  छ । जसअनुसार भदौ ४ गतेदेखि १२ गतेसम्म बुझाउने तथा खोल्ने मिति तय गरिएका बोलपत्रका लागि भदौ १४ देखि १८ गतेसम्मको नयाँ मिति तय गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३