close

स्टार्टअपको तितो यथार्थः अमेरिकामा बेजोस, नेपालमा बिजोग !

टेकपाना टेकपाना

भदौ १२, २०७७ २०:२०

स्टार्टअपको तितो यथार्थः अमेरिकामा बेजोस, नेपालमा बिजोग !

तस्वीरमा हालै दुई सय अर्ब डलर सम्पत्तिको किर्तिमान राख्न सफल अमेजनका मालिक जेफ बेजोस र दायाँतर्फ प्रहरी नियन्त्रणमा रहेका मःमः को अनलाइन डेलिभरी दिने स्टार्टअप डल्लेका कर्मचारी । दरबारमार्गमा रहेको डल्लेका कर्मचारीलाई सजायस्वरुप तीन घण्टासम्म डोरीले घेरेर उभ्याइएको थियो ।

काठमाडौं । बिहीबार सामाजिक सञ्जाल फेसबुक स्क्रोल गर्दै जाँदा ‘इनफ इज इनफ’ अभियानका अभियान्ता आलोक सुवेदीको घत लाग्दो फेसबुक स्टाटस भेटियो । उनले आफ्नो फेसबुक पोस्टमा लेखेका थिए, ‘अमेरिकी स्टार्टअपः बेजोस, नेपाली स्टार्टअपः बिजोग’ । अनि साथमा ह्यासट्याग थियो #PoliceDadaGiri ।

यो स्टाटस नेपाली ईकमर्स स्टार्टअपको अहिलेको यथार्थता हो । बिहीबार सामाजिक सञ्जालमा दुई वटा विषयबस्तु निकै नै चर्चामा थिए ।

एउटा थियो अमेरिकी ई–कमर्स कम्पनी अमेजनका मालिक तथा सीईओ जेफ बेजोसको सम्पत्ती र अर्को नेपाली ई–कमर्स तथा अनलाइन डेलिभरी सर्भिस दिँदै आएका कम्पनीमाथिको प्रहरी धरपकड

५६ वर्षीय बेजोसले हालै मात्र नयाँ रेकर्ड राखेका थिए । २०० अर्ब डलरभन्दा बढी सम्पत्ति सहित उनी विश्वको अहिलेसम्मकै धनी व्यक्ति बनेका थिए । बुधबार दिउँसो अमेजनको स्टकमा आएको बढोत्तरीले उनको सम्पत्ती २०० अर्ब डलरभन्दा माथि पुगेको थियो ।

एकै दिन उनको कुल सम्पत्तिमा ४.९ अर्ब डलरले वृद्धि हुन पुग्यो । बुधबार १ः५० मिनेट जाँदा अमेजनका संस्थापक तथा सीईओको सम्पत्ति २०४.६ अर्ब (२४१ खर्ब ९० अर्ब ३२ करोड रुपैयाँ) पुगेको थियो ।

जुन विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कूल सम्पत्तिको तुलनामा करिब ९० अर्ब डलरले बढी हो । बिल गेट्ससँग हाल कूल सम्पत्ति ११६.१ अर्ब डलर रहेको छ ।

सय अर्ब डलर सम्पत्ति हुने पहिलो व्यक्ति बिल गेट्स थिए भने २०० अर्ब डलर सम्पत्ति पुर्‍याउनेमा बेजोस पहिलो बने । यसको कारण मुद्रा स्फिर्ती एउटा हो भने अर्को कोरोना भाइरसको महामारीका कारण उपभोक्ताको बानी व्यवहारमा आएको परिवर्तन ।

कारोना माहामारी कारण सामाजिक दुरी कायम गर्नु पर्ने र सकेसम्म भौतिक सम्पर्कबाट टाढा रहनुपर्ने अहिलेको अवस्थामा सुरक्षाका उपाय अपनाएर गरिने होम डेलिभरीलाई अमेरिका लगायतका देशमा सुरक्षित विकल्प मानिएको छ ।

जसले गर्दा विश्व अनलाइन शपिङतर्फ मोडिएको छ । अनलाइन शपिङ गर्नेको संख्यामा आएको उल्लेख्य वृद्धिका कारणले नै अमेजनका मालिक बेजोसले धनाढ्यको नयाँ उचाई छुन सफल भएका हुन् ।

तर, नेपालमा भने ठ्याक्कै उल्टो अवस्था सिर्जना भइरहेको छ । ई–कमर्स तथा अनलाई सर्भिस दिइरहेकका नेपाली स्टार्टअपका सीईओ भने नेपाल प्रहरीको नियन्त्रणमा बस्नुपर्‍यो ।

बिहीबार बिहान ९ः१५ देखि अनावश्यक यात्रा नगर्न भन्दै ट्राफिक प्रहरीले खाना डेलिभरी गर्न प्रयोग भएका स्टार्टअप कम्पनीका सवारी साधनहरुमा रोक लगाएको छ । यसैबीच अर्बन गर्ल ईकमर्स कम्पनीकी सीईओ तथा सहसंस्थापक निकिता आचार्यलाई निषेधाज्ञाको समयमा डेलिभरी सेवा सञ्चालन गरेको भन्दै तीनकुने प्रहरीवृत्तले गिरफ्तार नै गर्‍यो ।

डेलिभरीमा खटिएका कर्मचारीलाई बीच बाटोमै रोकेर प्रहरी कम्पनीको ठेगाना सोधखोज गर्दै सीईओ आचार्यलाई समात्न पुगेको थियो । बिहीबार नै सर्जिकल मास्क, अर्गानिक उत्पादन तथा ग्रोसरी सामग्री डेलिभरी दिने सस्तो मेला ईकमर्स कम्पनीकी सञ्चालक समिता ओझालाई समेत प्रहरीले पक्राउ गर्‍यो ।

उनलाई पनि प्रहरीले कार्यालयबाटै पक्राउ गरेको थियो । उनीहरुसँग अत्यावश्यक सेवाको डेलिभरीको अनुमति हुँदाहुँदैपनी प्रहरीले प्रक्राउ गरेको थियो ।

बिहीबार दिनभरमा प्रहरीले अनलाइन डेलिभरीमा संलग्न ८० जनालाई प्रक्राउन गरेको थियो । साँझ निषेधाज्ञा अवधिभर डेलिभरी नगराउने सर्तमा उनीहरुलाई छाडिएको छ ।

एउटै प्रकृतिको सेवा भएता पनि अमेरिकी कम्पनी अमेजन र अमेजनका मालिक बेजोसले त्यो उचाइ चुमिरहँदा नेपालमा भने अपराधीको व्यवहार खेप्नु परेको छ । जसको परिणाम शुक्रबार सेवा प्रदायकले अर्को सूचना जारी नहुँदासम्म धमाधम रुपमा आफ्नो सेवा बन्द गराएका छन् ।

No description available.

एकातर्फ उद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देश नेत्रप्रसाद सुवेदी खाद्यवस्तु अत्यावश्यक वस्तुअन्तर्गत पर्ने हुँदा त्यसका लागि निषेधाज्ञाले कुनै असर नपार्ने बताउँछन् । सौखको सामान बाहेक तयारी तथा अन्य खाद्य वस्तु आपूर्ति गराउँदा सहजीकरण गरिदिन विभाग तयार रहेको उनको भनाई छ ।

त्यस्तै ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले पनि अत्यावश्यक खाद्य वस्तु ढुवानी गर्नेहरुलाई ट्राफिक प्रहरीले पक्राउ गर्न नहुने बताउँछन् । बोल्ने एउटा, अनी गर्ने अर्को ।

सरकाले देखाएको यस किसिमको प्रवृत्तिले नेपाली स्टार्टअप बजोस बन्ने बाटोतिर नभएर बिजोगको अवस्थामा रुमल्लिन पुगेको छ । ससानो लगानी गरेर व्यवसाय सुरुवात गर्ने कम्पनीलाई यसरी निरुत्साहित गर्दा भोलिका दिनमा यसले नराम्रो असर पार्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०