close

भारतीय टेलिकम नेटवर्कबाट ह्वावे बहिस्कार

टेकपाना टेकपाना

भदौ १२, २०७७ १७:२८

भारतीय टेलिकम नेटवर्कबाट ह्वावे बहिस्कार

काठमाडौं । चीनसँगको बढ्दो सीमा विवादबीच भारतले ह्वावे र अन्य चिनियाँ कम्पनीका उपकरणलाई आफ्नो टेलिकम नेटवर्कबाट हटाउने भएको छ । भारतको यस्तो निर्णयसँगै अमेरिकी प्रतिबन्धका कारण धराशायी बनेको टेक जाइन्ट कम्पनी ह्वावेले आफ्नो सबैभन्दा ठूलो र महत्वपूर्ण बजार गुमाउनु पर्ने भएको छ ।

तर ह्वावे र जेडटीई जस्ता चिनियाँ उपकरण आपूर्तिकर्ता कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने विषयमा नयाँ दिल्लीले कुनै पनि औपचारिक लिखित निर्देशन जारी गरेको छैन । यस्तै प्रधामन्त्री नरेन्द्र मोदीको सरकारले पनि यस किसिमको कुनै सार्वजनिक घोषणा गरेको छैन । 

यद्यपी उद्योग कार्यकारी तथा सरकारका अधिकारीहरुले केही प्रमुख मन्त्रालयहरुले फाइभजी लगायत स्थानीय टेलिकम सेवाका लागि चिनियाँ उपकरणमाथि बन्देज लगाउने विषयमा स्पष्ट संकेत दिइसकेको बताएका छन्  ।

यस्तै भारतको टेलिकम विभागका कार्यकारी अधिकारीले समेत चिनियाँ भेण्डरसँग फाइभजीको परीक्षणका लागि यसअघि नै प्रतिबन्ध लगाई सकिएको बताएका छन् । भारतका लागि ह्वावे सबैभन्दा ठूलो टेलिकम उपकरण आपूर्तिकर्ता कम्पनी हो । 

यस्तै भारत विश्वको दोस्रो ठूलो मोबाइल बजार हो । भारतीय टेलिकम कम्पनी एयरटेल, भोडाफोन र सरकारी कम्पनी बीएसएनएलसँग ह्वावेको बलियो कन्ट्रयाक्ट छ । 

तर मोदी प्रशासन केही संवेदनशील पूर्वाधारमा भारतीय लगानीको विषयलाई लिएर निकै चिन्तित रहेको अधिकारीहरुले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०