close

अनलाइनबाटै सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह

टेकपाना टेकपाना

भदौ १३, २०७७ ११:२७

अनलाइनबाटै सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह

रुपन्देही । रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिकाले आगामी भदौ १७ देखि सुरु हुने सोह्र श्राद्ध अनलाइनबाटै गर्न नगरवासीसँग आग्रह गरेको छ ।

कोभिड १९ को संक्रमण समुदायस्तरमा बढ्दै गएपछि अनलाइनबाटै सुरक्षित रूपमा सोह्र श्राद्ध सम्पन्न गर्न नगरपालिकाले आग्रह गरेकाे हाे ।

एकजना पुरोहित सोह्र श्राद्ध कार्यमा एकै दिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यसपटक वैकल्पिक रुपमा भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न/गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा पारिवारिक संस्कार गर्दा मानिसहरु भेला हुने भएकाले कोरोनाको जोखिम कम गर्न विभिन्न वैकल्पिक विधि अपनाउने प्रवृत्ति बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०