close

अमेरिकामा वीच्याट प्रतिबन्ध भए चीनले एप्पलका उत्पादन बहिष्कार गर्ने

टेकपाना टेकपाना

भदौ १३, २०७७ १३:३२

अमेरिकामा वीच्याट प्रतिबन्ध भए चीनले एप्पलका उत्पादन बहिष्कार गर्ने

काठमाडौं । चीनले अमेरिकामा सामाजिक सञ्जाल वीच्याटमाथि प्रतिबन्ध लगाएको खण्डमा चीनमा एप्पलका उत्पादनमाथि प्रतिबन्ध लगाउने चतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले शुक्रबार यस्ताे भनाइ व्यक्त गरेका हुन् ।

उनले संयुक्त राज्य अमेरिकाले वीच्याटलाई प्रतिबन्ध लगाएको खण्डमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने जनाएका हुन् । उनले शुक्रबार ट्वीटरमार्फत लेखेका छन, ‘वीच्याटमाथि अमेरिकी प्रतिबन्ध लगाएको खण्डमा चिनियाँहरूले आईफोन र एप्पलका उत्पादन प्रयोग गर्नुपर्ने कुनै कारण हुनेछैन ।’

अमेरिकाले चिनियाँ एप राष्ट्रिय सुरक्षाको हिसाबले चुनौतीपूर्ण रहेको भन्दै पछिल्लो समय चिनियाँ कम्पनी तथा विभिन्न एपमाथि प्रतिबन्ध लगाइरहेको छ । पहिलो चरणमा चिनियाँ कम्पनी ह्वावोलाई फाइभजी प्रविधिमा प्रतिबन्ध लगाएको अमेरिकाले पछिल्ले समय टिकटकका साथ वीच्याटमाथि प्रतिबन्ध गर्ने तयारी गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप वीच्याट र भिडियो शेयरिङ एप टिकटकको प्रयोगमा प्रतिबन्ध भन्दै बिजनेस अमेरिकी कम्पनीलाई सुम्पिन अल्टिमेटम दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०