close

सुँगुरमा परीक्षण गर्दै एलोन मस्कले ल्याए ब्रेन कम्प्युटर इन्टरफेस, चिपले यसरी पढ्छ दिमाग

टेकपाना टेकपाना

भदौ १३, २०७७ १७:३१

सुँगुरमा परीक्षण गर्दै एलोन मस्कले ल्याए ब्रेन कम्प्युटर इन्टरफेस, चिपले यसरी पढ्छ दिमाग

काठमाडौं । मानव मस्तिष्क र कम्प्युटिङ उपकरणबीच नयाँ किसिमको इन्टरफेस विकास गर्ने प्रयासमा लागिरहेको एलोन मस्कको संस्था न्युरोलिंकले शुक्रबार उक्त प्रविधिको एउटा डेमो प्रदर्शन गरेको छ । 

स्मरण शक्ति गुमेकाे, चिन्ताग्रस्त, मस्तिष्कमा चाेट पुगेकाे, डिप्रेसन भएको र अन्य यस्ता विभिन्न किसिमका स्नायुसम्बन्धी रोगबाट ग्रसित भएका सबै मानिसहरुका लागि यो प्रविधि उपयोगी हुने न्युरोलिंकको भनाइ छ ।

प्रदर्शनमा यो प्रविधिलाई सबैको पहुँचयोग्य र सुलभ बनाउने उद्देश्य रहेको एलोन मस्कले बताएका छन् । तर माथि उल्लेखित सबै किसिमका स्नायुसम्बन्धी रोगहरु एउटै प्रविधिले निको पार्न नसक्ने बताउँदै एलोनले कम्पनीको अन्तिम लक्ष्य भने अझ बढी भएकाे बताएका छन् । 

प्रदर्शनीमा एलोन तीन सुँगुरको साथमा देखिएका थिए । उनीसँग रहेका तीनवटा सुगुँरमध्ये एउटा उपचार नगरिएको थियाे । अर्को सुगुँरको खप्पर वा दिमागभित्र न्यूरोलिंकको ‘लिंक’ नामको उपकरण इन्स्टल गरेर राखिएको थियो । यस्तै तेस्रो सुगुँरको मस्तिष्कमा यसअघि उपकरण इन्स्टल गरिएपछि त्यसलाई हटाइएको थियो । 

ब्रेन कम्प्युटर इन्टरफेसका सम्बन्धमा आफ्नो प्रेजेन्टेशन दिँदै एलोन मस्क

प्रदर्शनीमा लिंक उपकरण हटाइसकिएको तेस्रो सुगुँर स्वस्थ र सामान्य अवस्थामा देखिन्थ्यो ।

दोस्रो सुँगुरमा आएर मस्कले एउटा डिस्प्ले देखाए । जसमा आवाज आइरहेको थियो र एउटा दृश्य पनि देखाइएको थियो । उक्त दृश्यअनुसार जब त्यो लिंक उपकरण डिटेक्ट हुन्थ्यो तब त्यो सुगुँरले केही कुरासँग सम्पर्क राखेर खाना खोज्दै मुखले खोतल्थ्यो ।

एलोन मस्कका अनुसार त्यो उपकरण फोनभित्रको एप्लिकेसनसँग कनेक्ट हुन्छ । त्यसबाट लिंक उपकरणले सञ्चार गर्दछ ।

न्युरोलिंक कम्पनीले अमेरिकी फूड एण्ड ड्रग एडमिनिसट्रेसनबाट जुलाईमा ब्रेकथ्रु डिभाइस डिजाइन पाइसकेपछि त्यसलाई बन्द गरेको हो । कम्पनीले चाँडै नै मानव मष्तिस्कमा यसकाे इम्प्लान्टेसनको तयारी गर्दैछ ।

तर यसको लागि सम्बन्धित निकायबाट अनुमोदन भइसकेकाे छैन र थप सुरक्षा परीक्षणको क्रम बाँकी छ । प्रदर्शनीमा राखिएको त्यो उपकरण एउटा रिड डिभाइस थियो, जसले सुँगुरको मस्तिष्कबाट सिंग्नलमार्फत डेटा प्राप्त गर्दछ । यसको अन्तिम उद्देश्य भनेको माथि उल्लेख गरिएका जस्ता स्नायुको समस्यालाई सम्बोधन गर्न पढ्ने र लेख्ने क्षमता प्रदान गर्नु हो ।

साथै एलोनले तेस्रो सुगुँरको मस्तिष्कबाट त्यो उपकरण हटाउनुकाे पछाडिको कारण पनि बताए । उनका अनुसार उक्त हार्डवेयरमा आएको नयाँ अपडेटलाई प्रयोग गर्न त्यसलाई हटाइएको थियो । 

अन्त्यमा प्रश्न-उत्तर सेसनमा मस्कले उक्त प्रविधिको मूल्यलाई घटाएर हजार डलरको हारहारीमा ल्याउन चाहिरहेको बताउँदै त्यसलाई लगाउन मिल्ने आधुनिक उपकरणसँगै ल्याउने बताए ।  

बीएमआई (ब्रेन मसिन इन्टरफेस) उपकरणले मानिसको मस्तिष्कलाई शक्ति प्रदान गरेर आर्टिफिसियल इन्टेलिजेन्सकै रफ्तारमा पुर्‍याउन सक्नेमा एलोन विश्वास गर्छन् । 

चिकित्सा क्षेत्रमा एलोन मस्कको यसप्रकारको संलग्नतालाई धेरै वैज्ञानिकहरुले स्वागत गरेका छन् । किनभने बीएमआईको यो प्रविधिले न्यूरोलोजिकल डिसअर्डर तथा प्यारालाइसिस भएका मानिसहरुलाई सहयोग गर्नेछ 

याे पनि पढ्नुहाेस् : ब्रेन कम्प्युटर इन्टरफेस, जसमार्फत अब दिमागले सोझै नियन्त्रण गर्नेछ इलेक्ट्रोनिक उपकरण

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०