close

कक्षा ९ सम्मका व्यवहारिक र सीपमूलक कक्षा अनलाइनमै, यसरी गर्नुहोस् भर्ना

टेकपाना टेकपाना

भदौ १३, २०७७ १८:२६

कक्षा ९ सम्मका व्यवहारिक र सीपमूलक कक्षा अनलाइनमै, यसरी गर्नुहोस् भर्ना

काठमाडौं । कोभिड-१९ ले सबैलाई प्रत्याशित किसिमको परिस्थितीमा ल्याइपुर्‍याएकाे छ। अझ भन्नु पर्दा सबैभन्दा ठूलो अन्यौलता त शिक्षा क्षेत्रमा छ। 

कारखाना स्टिम एजुकेशन (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणीत शिक्षा) को क्षेत्रमा क्रियाशिल एक संस्था हो । जसले नेपालमा वैज्ञानिक तथा व्यवहारिकको क्षेत्रमा काम गर्दै आएको छ । यसले कोभिड महामारी अगाडि विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा यस्ता सीपमुलक तथा व्यवहारिक ज्ञानका कक्षाहरु सञ्चालन गर्दै आएको थियो ।

महामारीका कारण लामो समयदेखि विद्यालय तहको पठनपाठन ठप्प भएसँगै अब भने कारखानाले आफ्ना कक्षा अनलाइनबाटै सञ्चालन गर्ने भएको छ । कक्षा ३ देखि कक्षा ९ सम्मका विधार्थीहरुलाई लक्षित गरी तीन वटा विषयमा यी कक्षाहरु रहने कारखानाले जनाएको छ । 

जसमा कारखाना कम्प्युटिङ, कारखाना विज्ञान, र कारखाना मेक रहेका छन् । कारखानका सीईओ पवित्र गौतम कक्षाहरुको विषयमा स्पष्ट पार्दै भन्छन्, ‘रमाइलो क्रियाकलापहरूको माध्यमबाट हामी विद्यार्थीहरूलाई सही सीप र दृष्टिकोण दिएर उनीहरूलाई आफैं समस्याहरू समाधान गर्न सक्ने सीप प्रदान गरी अन्ततः भविष्य निर्माण गर्न उजागर गर्नेछौँ ।’   

कसरी हुने भर्ना ?

कारखानाका कक्षाहरु अबको केही सातामै सुरु हुनेछन् । त्यसका लागि भर्ना प्रक्रिया सुरु भइसकेको छ । तपाईं आफ्ना बालबालिकाहरुलाई कारखानाका सीपमूलक तथा सिर्जनात्मक कक्षाहरुमा भर्ना गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी दर्ता गराउन सक्नुहुन्छ ।

कारखानाका कक्षाहरुको भर्ना शुल्क ईसेवा डिजिटल वालेटबाट तिर्न सकिने व्यवस्था मिलाइएको छ । कारखानाका कक्षाहरुको विषयमा तपाईंलाई थप जानकारी आवश्यक छ भने यहाँ क्लिक गरी ईमेल समेत पठाउन सक्नुहुनेछ ।

साथै मोबाइल नम्बर ९८०२०७१६२५ तथा ९८०२०७२५३९ मा फोन गरेर समेत यसको विषयमा बुझ्न सकिनेछ ।  कारखानाले पहिलो महिनाका लागि शुल्कमा ५० प्रतिशत छूट उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

यस्ता छन् कारखानाका कक्षा;

कारखाना कम्प्युटिङ

Conversation with Google Educators Group and School Leaders

कारखाना कम्प्युटिङ कक्षामा कोडिङ, ग्राफिक डिजाइन, गलत सूचना पहिचान गर्न सक्ने (इन्टरनेटमा आउने सही र झुटा समाचार छुट्याउन सक्ने), अनलाइन सेफ्टी (अनलाइनमा सुरक्षित रहने) विषयहरु पढाइ हुनेछन् । यी कक्षाहरु कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुका लागि हुनेछन् । 

यी कक्षाहरुमा कारखानका शिक्षकहरुले सहजीकरण गर्नेछन् । जसमा आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन ६० मिनेटको लाइभ कक्षाहरु सञ्चालन हुनेछन् ।

अनलाइन आर्टिकल, भिडियोबाट सिकाइने यी कक्षाहरुका लागि गूगल क्लासरूममार्फत शिक्षकहरुले गृहकार्य दिनेछन् । यसमा हरेक विषयवस्तु दुई महिनासम्म पढाइनेछ । 

कारखाना साइन्स क्लास

गर्दै सिकाइने यी कक्षाहरुमा अभ्याससँगै २१ औं शताब्दीका सीप, स्टीम अवधारणा बारेमा केन्द्रीत हुनेछन् । कक्षा ६, ७ र ८ का लागि लक्षित यी कक्षाहरुका लागि छुट्टै कारखाना साइन्स किट (सिकाईका लागि आवश्यक सामग्री) को समेत व्यवस्था गरिएको छ ।

यसमा समेत कारखानका शिक्षकले सहजीकरण गर्नेछन् । आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन सञ्चालन हुने यी कक्षाहरुमा ६० मिनेट लाइभ रुपमा पढाइनेछ । 

यो विषयको सिकाईमा शिक्षकहरुले गाइड गर्नेछन् र गूगल क्लास रूममार्फत अभ्यास पुस्तिका उपलब्ध गराइनेछ । यी कक्षाहरु अनलाइनबाटै सञ्चालन हुने भएकाले विद्यार्थीहरुले घरमै बसेर अभ्यास र सिकाईको काम गर्न सक्नेछन् ।

पाठअनुसार अभ्यास गराएर पढाइने यी कक्षाहरुका लागि किटहरुको होम डेलिभरीको व्यवस्था कारखानाले नै मिलाउनेछ ।

 कारखाना मेक क्लास

यसमा इलेक्ट्रोनिक्स, डिजाइन थिङ्किङ, आन्ट्रप्रेनेरुअल थिङ्किङ विषयहरु पढाइनेछ । जसमा कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ लाई दुई वटा समूहमा विभाजन गरी सिकाइनेछ ।

अहिलेको समयका बालबालिकाहरुले अधिकतम रुपमा प्रविधिको उपभोग गरिरहेका हुन्छन् । तर कारखानको यो कक्षाको उद्देश्य भने उनीहरुलाई त्यस्ता प्रविधिको विकास गर्ने व्यक्तिको रुपमा तयार हुन मद्दत गर्नेछ । 

त्यसका लागि कारखानाका शिक्षकहरुले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन कक्षा लिनेछन् । ६० मिनेटको लाइभ कक्षाको रुपमा पढाइने यी विषयहरुमा शिक्षकले गाइड गर्नेछन् ।

गूगल क्लासरूममार्फत निर्देशिकाको रुपमा भिडियो र शीटहरु उपलब्ध गराइनेछ । यी कक्षाका लागि आवश्यक किटको होम डेलिभरीको व्यवस्था कारखानाले नै गर्नेछ । 

कति लाग्छ शुल्क ?

कारखाना कम्प्युटिङ कक्षाका लागि मासिक १३०० रुपियाँ शुल्क राखिएको छ । त्यसैगरी कारखाना साइन्स क्लास र कारखाना मेक क्लासका लागि समेत त्यति नै शुल्क छ । तर यी दुई कक्षामाका लागि आवश्यक किटका लागि थप ७०० रुपैयाँ लाग्ने बताइएको छ । यस्ता किटहरु होम डेलिभरीको रुपमा उपलब्ध गराउने कामसमेत कारखाना स्वयम्‌ले गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०