close

कम्पनीको अहिलेसम्मकै सस्तो मोबाइल सार्वजनिक गर्दै वानप्लस !

टेकपाना टेकपाना

भदौ १३, २०७७ २२:३५

कम्पनीको अहिलेसम्मकै सस्तो मोबाइल सार्वजनिक गर्दै वानप्लस !

काठमाडौं । वान प्लस नोर्ड निकै लामो समयपछि कम्पनीको मिड रेञ्जको स्मार्टफोनको रुपमा आएको थियो । जुन यसै वर्षको जुलाईमा सार्वजनिक भयो ।

यद्यपी यो चाहिँ कम्पनीको फाइभजी मिड रेञ्ज स्मार्टफोन थियो । तर पछिल्लो लीकलाई विश्वास गर्ने हो भने अब कम्पनी आफ्नो अर्को किफायती मूल्यको स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ । जुन फोरजी डिभाइस हुनेछ ।

एक टिप्स्टरले कम्पनीले आउँदो महिना अर्थात सेप्टेम्बरमा यो डिभाइस सार्वजनिक गर्न सक्ने दाबी गरेका छन् । जुन स्नाप ड्रागन ६६२/६६५ प्रोसेसर सहितको हुनेछ ।

यति मात्र होइन ती टिप्सटरले यो पनि जानकारी दिएका छन् कि वान प्लस भन्दा अगाडि ओप्पो स्नाप ड्रागन ६६२ प्रोसेसरयुक्त आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाइरहेको छ । जसको मूल्य ३२ हजार रुपैयाँ हाराहारी हुने छ ।

चुन (@Boy25846908) नामक टिप्सरले ट्वीटरमा यो लीक शेयर गरेका थिए । जसकाे जानकारी सबैभन्दा पहिले गिजमोचिनद्वारा दिइएको थियो ।

टिप्सटरले ट्वीटमार्फत सार्वजनिक गरेको जानकारी अनुसार ओप्पोले सेप्टेम्बरको सुरुवातमै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्नेछ । जानकारीकै क्रममा ती टिप्सटरले यो पनि उल्लेख गरेका छन् कि वानप्लसले सेप्टेम्बरको अन्त्यसम्म एक नयाँ सस्तो मूल्यको स्मार्टफोन सार्वजनिक गर्नेछ ।

जसको मूल्य २६००० रुपैयाँदेखि २९००० रुपैयाँको बीचमा हुनेछ । यदि यो लिक सही सावित भयो र कम्पनीले यही प्राइस रेञ्जमा स्मार्टफोन सार्वजनिक गर्‍यो भने यो नै कम्पनीको सबैभन्दा सस्तो स्मार्टफोन हुनेछ ।

जसले धेरैजसो ग्राहकलाई आफूतिर आकर्षित गर्नेछ । यहाँनिर ध्यान दिनुपर्ने विषय के छ भने वानप्लस नोर्डको अक्सिजन ओएस १०.५ को लेटेस्ट भर्सनमा एक्सडीए डेभलपरले केही कोड प्राप्त गरेका थिए ।

जसले आगामी फोन हुनेतर्फ संकेत दिएको थियो । जसमा फोनको कोडनेम बिल्ली रहेको थियो । त्यस्तै गीकबेञ्च लिस्टिङबाट पनि बिल्ली कोडनेम बाहिर आएको थियो ।

जसमा उक्त अज्ञात वानप्लसको फोन स्नापड्रागन ६९० फाइभजी प्रोसेसर युक्त हुने देखिएको थियो । यस अलावा म्याक्स जे (@Maxjmb) ले कन्सेप्ट क्रियटरसँगको सहकार्यमा वानप्लसका आगामी दुई वटा बजेट स्मार्टफोनको कल्पना गरेका थिए । यी दुई फोनलाई बिल्ली वान र बिल्ली टू कोडनेम दिइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०