close

टेलिकमको एप डाउनलोड गर्दा १०० एमबी डेटा निःशुल्क

टेकपाना टेकपाना

भदौ १४, २०७७ ११:२

टेलिकमको एप डाउनलोड गर्दा १०० एमबी डेटा निःशुल्क

काठमाडौं । के तपाईंले नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गर्नु भएको छ ? यदि तपाईं नेपाल टेलिकमको मोबाइल सिम प्रयोग गर्नुहुन्छ भने एप डाउनलोड गर्दा उपहारमा डेटा पाउन सक्नुहुनेछ ।

कम्पनीले एप डाउनलोड नगरेका प्रयोगकर्तालाई लक्षित गर्दै पहिलो पटक रजिष्ट्रेसन गरेवापत १०० एमबी डेटा निःशुल्क दिने भएको हो । गूगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध टेलिकमको एपमा थुप्रै किसिमका सुविधा उपलब्ध छन् ।

जसमा तपाईंले कम्पनीले उपलब्ध गराएका विभिन्न भ्वाइस तथा डेटा प्याकेज खरिद, कार्ड स्क्यान तथा पिन नम्बर मार्फतको रिचार्ज, बिग्रिएको रिचार्जकार्डबाट रिचार्ज गर्न सक्नुहुनेछ । 

साथै ब्यालेन्स ट्रान्सफर, फेमिली एण्ड फ्रेण्डस्, व्यालेन्सको जानकारी, फोरजी एक्टिभेट, कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी लगायतका सुविधा समेत एपमै उपलब्ध छन् । यसैगरी एपमा कम्पनीका विभिन्न सेवाको जानकारी लिन, ट्यारिफ थाहा पाउन मोबाइलको बिलिङ हेर्न र साथी तथा आफन्तलाई प्याकेज गिफ्टको रुपमा पठाउन सकिने सुविधा पनि छ ।

नेपाल टेलिकम एप डाउनलोड गर्न एण्ड्रोइड मोबाइलका लागि यहाँ र आईफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०