close

अब अनलाइनबाटै सोह्र श्राद्ध, घर पार्लरले सुरु गर्‍यो पण्डित सेवा

टेकपाना टेकपाना

भदौ १४, २०७७ १२:५

अब अनलाइनबाटै सोह्र श्राद्ध, घर पार्लरले सुरु गर्‍यो पण्डित सेवा

काठमाडौं । घर पार्लरले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको छ । कोरोना महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिँदै कम्पनीले यस किसिमको सेवा दिन थालेको हो । 

सर्भिस हबको रुपमा सुरु भएको घर पार्लरले गूगल मीट, जूम र ह्याङ्गआउट जस्ता भिडियो कन्फ्रेन्सिङमार्फत सोह्र श्राद्ध अनलाइन सेवा दिनेछ । सेवा लिन चाहनेहरुले वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम, ट्वीटर, लिङ्कडिन र फोन (९८०११०६६७७/९८०११०६६७०) मार्फत सम्पर्क गर्न सक्ने कम्पनीका सह-संस्थापक आशिष मिश्रले जानकारी दिए । 

उनका अनुसार अहिले धेरैजसो अर्डर फोन र फेसबुकबाटै आउन थालेका छन् । तीन दिनसम्म सबै पण्डितहरु बूकिङ भएपछि अहिले कम्पनीलाई नयाँ पण्डित थप्ने चटारो छ । 

माग र आवश्यकता अनुसार पण्डित सेवा उपलब्ध गराउन नयाँ पण्डितहरु थप्ने काम भइरहेको कम्पनीले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिन थालेपछि लागू भएको लकडाउनकै बीचमा घरपार्लरले आफ्नो सेवा सुरु गरेको थियो ।

सामान्य रुपमा महिलाहरुका लागि पार्लरको सुविधा घर-घरमा उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको घर पार्लरले अहिले अन्य विविध सेवाहरु आफ्नो प्लेटफर्ममा थपेको छ । 

जसमा घर पण्डित, घर क्लिनिङ, घर प्लम्बिङ र घर बिजुलीजस्ता सेवाहरु रहेका छन् । घर पण्डितअन्तर्गत नै अहिले सोह्र श्राद्ध विशेष अनलाइन सेवा सुरु गरिएको हो ।

घरमा आवश्यक सबै सेवा दिने आफूहरुको उद्देश्य रहेको कम्पनीका सहसंस्थापक तथा सीईओ नेपाली सुमनले बताए ।

भक्तपुरको लोकन्थलीमा कार्यालय रहेको कम्पनीले अब चाँडै मोबाइल एपसमेत ल्याउने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०