close

वैज्ञानिकले विकास गरे शरीरबाटै स्मार्टफोन चार्ज गर्न सकिने प्रविधि

टेकपाना टेकपाना

भदौ १४, २०७७ २२:१८

वैज्ञानिकले विकास गरे शरीरबाटै स्मार्टफोन चार्ज गर्न सकिने प्रविधि

काठमाडौं । यदि कसैले आफ्नो शरीरबाटै स्मार्टफोन वा ग्याजेट चार्ज गर्न सकिन्छ भन्छ भने पक्कै पनि तपाईंलाई मजाक लाग्नेछ । तर यो साँचो हो ।

आउने समयमा व्यक्तिले आफ्नो शरीरबाटै इलेक्ट्रोनिक डिभाइस चार्ज गर्न सकिनेछ । रिन्यूअल इनर्जी जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार थर्मोसेलको सहयोगमा मानिसको शरीर, आसपासको वातावरण तथा तापमानबाट विद्युत उत्पादन गर्न सकिने भएको छ ।

थर्मोसेलका डिभाइस सेमी कण्डकर्टरको तुलनामा उत्कृष्ट छ । तर आउटपुटको मामिलामा भने हालला कमजोर समेत छ ।

यो समस्याको समाधान गर्दै रुसको नेसनल यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एमआईएसआईएस) का वैज्ञानिकले थर्मोसेलसँगै मेटल अक्साइड इलेक्ट्रोड तथा एक्युअस इलेक्ट्रोडको विषयमा अध्ययन गरेका छन् ।

Image 1
शोधको ग्राफिकल एब्स्ट्र्याक्ट

शोधकर्ताका अनुसार मानिसको शरीरको तापमानको प्रयोग ऊर्जाका लागि प्रयोग गर्न सकिन्छ । उनीहरुको भनाई छ कि भविष्यमा एक इलेक्ट्रोकेमिकल सुपरक्यापेसिटर तयार पार्न सकिनेछ ।

जुन कुनै पनि गर्म सतहमार्फत नै चार्ज हुन सक्छ र ऊर्जालाई लामो समयसम्म संचय गरेर राख्न सक्छ । अध्ययनमा संलग्न वैज्ञानिकहरुका अनुसार यो प्रविधिको प्रयोग गरेर भविष्यमा यस्तो कपडा उत्पादन गर्न सकिनेछ, जसमा इलेक्ट्रोनिक ब्याट्री हुनेछ ।

जुन शरीर र वातावरणको तापमानबाट चार्ज गर्न सकिनेछ । यस किसिमको थर्मोसेलले ०.२ भोल्टको आउटपुट दिन सक्छ । यद्यपी यसका लागि ८५ डिग्रीसम्मको तापक्रमको आवश्यकता पर्नेछ । सँगसँगै वैज्ञानिक भनाई यो पनि छ कि भविष्यमा यस किसिमको आउटपुटलाई बढाउन समेत सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०